बझाङमा उपाध्यक्षसहितको टोली चढेको सरकारी स्कारपियो दुर्घटना
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिकाका उपाध्यक्ष जनक बहादुर दौल्याल सहितको टोली सवार सरकारी स्कारपियो दुर्घटना भएको छ । जिल्लाको बागथला बुङ्गल सडक खण्ड अन्तर्गत केदारस्यूँ गाउँपालिका–४ रतागडा खोलामा सोमबार राति उपाध्यक्षसहितको टोली सवार सरकारी स्कारपियो जिप दुर्घटना भएको हो ।
बुङ्गल नगरपालिकाको झापा स्थित कन्या माध्यमिक विद्यालयमा आयोजित प्रथम भीम-सुवास बि.सि.एस् सुपरकप क्रिकेट प्रतियोगिता हरेर फर्किने क्रममा गाउँपालिकाको सु.प.प्र.०१–००१ झ ३७८ नम्बरको सरकारी स्कारपियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
पालिका गाडी चालक दुर्गाथलि-१ का कुबेर बिष्टले चलाएको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५–६ मिटर तल खसेको जनाइएको छ ।
जिपमा चालकसहित ६ जना सवार रहेका थिए।
उक्त गाडीमा उपाध्यक्ष दौल्याल, वडा नं ७ का वडाध्यक्ष सुरज बहादुर दौल्याल, जयपृथ्वी नगरपालिकाका- ९ का हंश ...












