Advertisement

अछाम

आगलागी पीडित साउँदले पाउँदै नयाँ घर

आगलागी पीडित साउँदले पाउँदै नयाँ घर

Breaking News 1, Breaking News 2, अछाम, सुदूरपश्चिम
अछाम- अछाममा घरबिहीन बनेका साउँद परिवारको घर पुनःनिर्माण भइरहेको छ । जिल्लाको चौरपाटी गाउँपालिका–३, गगुडा छताराका प्रसादे साउँद र पारू साउँद घर पुन:निर्माण भइरहेको हो । केही महिना अघि घरमा आगलागी हुँदा घर पूर्णरूपमा नष्ट भएको थियो । घरजलेर नष्ट भएपछि घरविहीन बनेका साउद परिवारका लागि अहिले गुडर्नेवस इन्टरनेशनल नेपाल, मालिका विकास संघ नेपाल, चौरपाटी गाउँपालिका, र वडा नम्बर ३ कार्यालय गगुडाको संयुक्त आर्थिक सहयोगमा नयाँ घर निर्माण कार्य भइरहेको छ। हाल पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, जसले पीडित परिवारलाई पुनः सुरक्षित आवास उपलब्ध गराउनेछ। स्थानीय तह र विभिन्न संस्थाहरूको सहकार्यमा पुनर्निर्माण कार्य सम्पन्न हुन लागेकोले प्रभावित परिवारले चाँडै नयाँ घरमा बसोबास गर्न सक्नेछन्।...
भारतमा अछाम घर भएकी बालिका बलात्कृत,,गर्भमा  ३३ हप्ता भन्दा बढीको बच्चा

भारतमा अछाम घर भएकी बालिका बलात्कृत,,गर्भमा ३३ हप्ता भन्दा बढीको बच्चा

Breaking News 1, अछाम, समाचार
भारतमा अछाम घर भएकी बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बलात्कारमा संलग्न करिब ४५ वर्षीय पुरुष निकटका आफन्त नै रहेको प्रहरीको दाबी छ। ती आरोपित आफन्तको नाममा उजुरी परेपछि घटना बाहिर आएको हो । प्रारम्भिक रूपमा बालिकामाथि करिब ७ महिना पहिले बलात्कार भएको अनुमान गरिएको छ । ‘बुवा आमासहित बालिका भारतमै थिइन् । भारतमै एक नेपाली पुरुषले बालिकालाई बलात्कार गरेको उजुरी परेको छ’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले भने, ‘जबरजस्ती करणीमा मुद्दा परेको छ । हामी त्यही अनुसार अनुसन्धान गरिरहेका छौँ ।’ बालिकाको पेट बढ्दै गएपछि मात्रै घटनाबारे थाहा भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । बालिकाले आफूमाथि पटक पट...
अछाममा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु, एक जना घाइते

अछाममा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु, एक जना घाइते

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
अछाममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आइतबार दिउँसो मेल्लेख गाउँपालिका-५ को कौलेनामा ढुङ्गा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट खसेको ढुङ्गासहितको पहिरोमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोसँगै खसेको ढुङ्गा लागेर सोही ठाउँ बस्ने ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । ४८ वर्षीय भीमबहादुर खड्का भने घाइते भएका छन् । उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ ।...
ढकारी गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न

ढकारी गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न

Breaking News 1, Breaking News 2, अछाम, सुदूरपश्चिम
अछाम – ढकारी गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा पालिकामा रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए। स्थानीय खेलकुद विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित यो प्रतियोगिता ढकारी गाउँपालिकाको खेलकुद गतिविधिमा एक महत्वपूर्ण कोशेढुङ्गा बन्न पुगेको छ। प्रतियोगिता ढकारी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टंक बहादुर साउदको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा प्रदेश सभा सदस्य माननीय मान बहादुर रावलले उपस्थिति जनाउँदै खेलकुदको महत्व र यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्‍याउने योगदानमाथि प्रकाश पारे। विशिष्ट अतिथिका रूपमा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद, पूर्व गाउँपालिका अध्यक्ष धन बहादुर बुढा, उपाध्यक्ष नेत्रकला देवी शाही, र नेपाली कांग्रेसका महा समिति सदस्य बल बह...
बझाङमा ठेकेदारको मृत्यु पछि पुल अलपत्र, स्थानीयलाई सास्ती हुँंदा आफै काठेपुलमा जुटे

बझाङमा ठेकेदारको मृत्यु पछि पुल अलपत्र, स्थानीयलाई सास्ती हुँंदा आफै काठेपुलमा जुटे

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ: सेती नदीको झोलुंगे पुल २ कात्तिक २०७८ मा बगाएदेखि बझाङको केदारस्यूँ गाउँपालिकाको देउरा बजार क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । बझाङ, बैतडी र डोटीको सीमामा पर्ने यहाँ तीन वर्षमा तीन वटा काठे पुल बनाइए, तर झोलुंगे पुल बन्न सकेन । काठे पुल पनि बर्खामा बाढीले बगाएपछि केदारस्यूँ गाउँपालिकाको देउरा बजार र थलारा गाउँपालिका वडा नं १ र २ का बासिन्दा बढी प्रभावित भएका छन् । थलारा-१ बाट देउरा बजार पुग्न पुल हुँदा १० मिनेट मात्र लाग्थ्यो । तर पुल नहुँदा दुई घण्टा लाग्छ । थलारा–१ का पर्शुराम जोशीको पसल देउरा बजारमा छ । ‘१ घण्टा हिँडेर अटो चढ्ने ठाउँमा पुगिन्छ । ५० रुपैयाँ जान ५० रुपैयाँ फर्किन गरी १०० रुपैयाँ दैनिक भाडा तिर्नुपर्छ’, उनले भने । स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामान किन्न र दूध, तरकारी जस्ता उत्पादन बेच्न देउरा बजार जानुपर्छ । ‘बजारबाट नुन तेल ल्याउन पनि समस्या छ । ...
व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान

व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान

अछाम, ताजा अपडेट, दैनिक, समाचार, सुदूरपश्चिम
चौरपाटी गाउँपालिकाका विभिन्न टोलमा पिउनलाई समेत पानी हुँदैन। त्यस कारण तरकारी लगायतका खेती गर्न किसानहरू समस्या झेलिरहेका छन्। पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १ र २ का किसानहरूलाई कृषि खेतीका लागि टनेल हस्तान्तरण गरेको छ। मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले वडा नम्बर १ र २ का ९० जना कृषकलाई टनेल वितरण गरिएको जानकारी दिए। उनले वडा नम्बर १ का ११ वटा समूहका ५५ जना सदस्य र वडा नम्बर २ का ७ वटा समूहका ३५ जना सदस्यलाई तरकारी खेतीका लागि टनेल वितरण गरिएको बताए। उनका अनुसार एक समूहका पाँच जना सदस्यलाई टनेल हस्तान्तरण गरिएको हो। यस्तै पानीको समस्या भएको ठाउँमा थोपा सिचाईका लागि ड्रम र पाइप सहयोग गरिएको छ। जलवायु परिवर्तनका कारण उत्पादन घटिरहेको भन्दै सो परियोजनामार्फत किसानलाई विभिन्न सहयोग गरिँदै आएको छ। यो परियोजनाले जलवायुमैत्री अनुकलन कृषि प्रविधि अपनाएर कृषक...
जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा

जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा

Breaking News 1, अछाम
मङ्गलसेन नगरपालिका वडानम्वर १ का जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा छन । वडा अध्यक्ष लाेकराज नाथ र वडा सचिव शिद्दराज ढुंगाना सहित जनप्रतिनिधि र कर्मचारीहरुकाे टाेली रारा सहित कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा रमाउन गएकाे हाे । तिहार बिदापछी कार्यालय खुलेको दिन कार्तिक २० गतेदेखि वडाका जिम्मेवार व्यक्ति कार्यालयमा नहुदा सेवाग्राहीलाई सास्ती भएको छ । बिदामा घर आएकाहरु नागरिकता सिफारिस र जन्मदर्ता लगायतका सेवा लिन वडा कार्यालमा जाँदा सेवा नपाएर फर्किने गरेका छन । वडा कार्यालय नै खाली हुने गरि वडाका कर्मचारी र जनप्रतिनिधि घुम्न जाँदा यता वडाका जनताले भने दु:ख पाएका छन । वडा सचिव र वडा अध्यक्षले आफ्नो अनुपस्थितिमा अन्य व्यक्तिलाई जिम्मेवारी दिएर सेवा प्रभावित नहुने गरि जानुपर्नेमा त्यस्तो समेत गरेकाे पाईएन । कार्तिक २०, २१ र २३ गते अफिस खुल्ने दिन हाे, यी...
हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ।

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ।

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ। सो बिधालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका ३५ जना बिद्यार्थीहरु लाई झोला,कापी र कलम शैक्षिक सामाग्री बितरण गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) ले बताउनु भएको छ। बिगतका दिनहरुमा पनि सामुदायिक बिधालयलाई सहयोग गर्दै आईरहेको र आगामि दिनहरुमा पनि सामुदायिक बिधालय हरुमा शैक्षिक सामाग्री,बिद्यार्थीहरु लाई पोसाक बितरण गर्ने,बालबालिका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भाबी योजना रहेको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताउनु भएको थियो। कापी,कलम र झोला शैक्षिक सामाग्री पाएकोमा बिद्यार्थीहरु निक्कै हर्सित भएका थिए भने वडा अध्यक्ष रुप बहादुर कुँवरले आर्थिक स्थिती...
चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

अछाम
अछामः आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे। मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए। ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए। विज्ञापन सरिताका पति अपांग छन्। त्यसैकारण, नवजात शिशु र अरू तीन छोराछोरीको स्याहारसुसार र भविष्यलाई लिएर मलामीहरू पनि चिन्तित बने। टुहुरा दाजुभाइलाई सान्त्वना त दिए। तर, टुहुरा बालबालिकाको भविष्य भने अनिश्चित नै छ। बिहीबार सुत्केरी व्यथा लागेपछि सरितालाई स्ट्रेचरमा बोकेर ढु...
हेलिकप्टर मार्फत अछाममा सुत्केरीको उद्धार

हेलिकप्टर मार्फत अछाममा सुत्केरीको उद्धार

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, घटना, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
अछाम । यहाँको एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका– ६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा ल्याइएकामा सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धारगरी थप उपचारका लागि सुर्खेत लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।...
रक्सी खाएपछि अछामका समन्वय प्रमुख र कांग्रेसका नेता बिच हानाहान

रक्सी खाएपछि अछामका समन्वय प्रमुख र कांग्रेसका नेता बिच हानाहान

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहबीच झगडा हुदाँ कुँवर घाइते भएका छन् । आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा संगै मदिरा सेवन गरेका कुँवर र शाहबीच विवादपछि कुटपिट भएको हो। कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ। घटनापछि कुँवरलाई जिल्ला अस्पताल अछाममा भर्ना गरिएको छ भने शाहलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता (डिएसपी) इश्वरीप्रसाद भण्डारीका अनुसार मदिरा सेवनपश्चात व्यक्तिगत विवादले उग्र रूप लिएपछि सरकारी निवासमै झगडा भएको थियो। प्रहरीले दुबै जनामाथि थप अनुसन्धान गरिरहेको छ। घटनाका दुबै जना नेपाली कांग्रेसका नेता भएकोले पार्टीभित्र समेत यो घटना बारेमा चर्चा चलेको छ। अहिले कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ।...
अछामको मंगलसेनमा खरिद ऐनविपरीत ३३ लाख ५८ हजारका औषधि खरिद

अछामको मंगलसेनमा खरिद ऐनविपरीत ३३ लाख ५८ हजारका औषधि खरिद

अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछामको मंगलसेन नगरपालिकाले खरिद ऐनविपरीत औषधि खरिद गरेको छ। नगरपालिकाले सूचना समेत जारी नगरेरै ३३ लाख ५८ हजार ५८४ मूल्यका औषधि खरिद गरेको हो। सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उप–नियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशित गरेर तोकिएको विक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ। आपुर्ति हुने औषधि डब्लुएचओ सटीफाइड हुनुपर्ने, औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरेर सम्वन्धित विषय विज्ञबाट मुचुल्का उठाएर राख्नुपर्नेमा त्यस्तो कुनै काम गरिएको छैन्। साथै खरिद गरिएका औषधिको गुणस्तर म्याद सम्बन्धमा एकीन आधार समेत फेला परेको छैन्। औषधिको खर्च घटाउँदा माग फारमको आधारमा घटाउनुपर्नेमा एकमुष्ट घटाउने काम भएको समेत पाइएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज