अछाम- अछाममा घरबिहीन बनेका साउँद परिवारको घर पुनःनिर्माण भइरहेको छ । जिल्लाको चौरपाटी गाउँपालिका–३, गगुडा छताराका प्रसादे साउँद र पारू साउँद घर पुन:निर्माण भइरहेको हो ।
केही महिना अघि घरमा आगलागी हुँदा घर पूर्णरूपमा नष्ट भएको थियो । घरजलेर नष्ट भएपछि घरविहीन बनेका साउद परिवारका लागि अहिले गुडर्नेवस इन्टरनेशनल नेपाल, मालिका विकास संघ नेपाल, चौरपाटी गाउँपालिका, र वडा नम्बर ३ कार्यालय गगुडाको संयुक्त आर्थिक सहयोगमा नयाँ घर निर्माण कार्य भइरहेको छ।

हाल पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, जसले पीडित परिवारलाई पुनः सुरक्षित आवास उपलब्ध गराउनेछ। स्थानीय तह र विभिन्न संस्थाहरूको सहकार्यमा पुनर्निर्माण कार्य सम्पन्न हुन लागेकोले प्रभावित परिवारले चाँडै नयाँ घरमा बसोबास गर्न सक्नेछन्।

