काङ्ग्रेस-एमालेको चुनाव चिन्ह फेरिएर घण्टी बनेको भन्दै बनाइएको भ्रामक भिडिओ भाइरल
नेपाली काङ्ग्रेस र नेकपा (एमाले) लगायतका पुराना राजनीतिक दलहरूको चुनाव चिह्न फेरिएर ‘घण्टी’ बनेको भन्दै सामाजिक सञ्जालमा एउटा भ्रामक भिडिओ भाइरल बनेको छ । फेसबुक प्रयोगकर्ता प्रियाशा ज्ञवालीले सोमबार आफ्नी आमासँग गरेको भिडिओ कलको स्क्रिनरेकर्ड सार्वजनिक गरेपछि उक्त भ्रामक सामग्री भाइरल बनेको हो ।
समाचार तयार पार्दासम्म उक्त भिडिओलाई १३ लाखभन्दा बढी पटक हेरिएको छ भने भिडिओमा १ लाख ८ हजारभन्दा बढी रियाक्सन, २ हजार १०० भन्दा बढी कमेन्ट आएका छन् र १ हजार ६०० भन्दा बढी पटक शेयर गरिएको छ ।
५९ सेकेन्ड लामो उक्त भिडिओमा युवतीले आफ्नी आमालाई ‘यस पटक भोट केमा दिने ?’ भन्दै प्रश्न गरेकी छिन् । जवाफमा आमाले आफूले विगतदेखि नै काँग्रेसमा भोट हाल्दै आएकाले यस पटक पनि त्यसै गर्ने बताउँछिन् । त्यसपछि ती युवतीले सरकारले यस पटक काङ्ग्रेसको ‘रुख’ र एमालेको ‘सूर्य’ दुवै चुनाव चिह्न परिवर्तन गरेर ‘घण्टी’ बना...












