अछाम । यहाँको एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका– ६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा ल्याइएकामा सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धारगरी थप उपचारका लागि सुर्खेत लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३