Advertisement
Wednesday, April 30
Shadow

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

Advertisement

अछामः आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे।

मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए। ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए।

सरिताका पति अपांग छन्। त्यसैकारण, नवजात शिशु र अरू तीन छोराछोरीको स्याहारसुसार र भविष्यलाई लिएर मलामीहरू पनि चिन्तित बने। टुहुरा दाजुभाइलाई सान्त्वना त दिए। तर, टुहुरा बालबालिकाको भविष्य भने अनिश्चित नै छ। बिहीबार सुत्केरी व्यथा लागेपछि सरितालाई स्ट्रेचरमा बोकेर ढुंगाचाल्ना स्वास्थ्यचौकी लगिएको थियो।

एकदेखि डेढ घण्टाको बाटो थियो। स्वास्थ्यचौकी नपुग्दै उनले राति २ः४५ बजे बाटोमा नै बच्चा जन्माइन्। नवजात शिशुसहित सरितालाई स्थानीयले राति ३ बजे स्वास्थ्यचौकी पुर्‍याएका थिए। निकै बेरसम्म पनि साल आएन। धेरै नै रक्तस्राव भइरह्यो। ‘न साल आयो, न त रक्तस्राव नै रोकियो, स्वास्थचौकीकी अनमी नीराकुमारी साउदले भनिन्, ‘त्यसपछि जिल्ला अस्पताल लैजान सुझाव दिएकी थिएँ। तर अस्पताल नपुग्दै ज्यान गएछ।’

साल निकाल्नका लागि आफूले सबै प्रक्रिया गरे पनि सफल नभएको उनले बताइन्। नवजात शिशु भने स्वस्थ छन्। अनमी साउदका अनुसार सरिताको सुत्केरी हुने ‘डेट’ भदौ २९ गतेको थियो। असोज ७ गतेसम्म व्यथा नलागेपछि सुत्केरी हुन जिल्ला अस्पताल जानुपर्छ भनेकी आफूले सुझाव दिएको साउदले बताइन्। तर, सरिताले योभन्दा पहिलाका सन्तान पनि सुत्केरी हुने मितिभन्दा ढिलै हुने गरेको जवाफ दिएकी थिइन्।

‘गर्भवती जाँचका लागि स्वास्थ्यचौकी आउँदा मैले धेरै पटक तपाईंको शरीरमा रगतको कमी छ, कमजोर हुनुहुन्छ, ख्याल गर्नु भनेर सुझाव दिएकी थिएँ,’ उनले भनिन्, तर, भौगोलिक विकटता र सवारीसाधन नहुँदा उहाँ अस्पताल जान सक्नु भएनछ।’  आमाको मृत्युपछि चार छोराछोरीको बिचल्ली भएको स्थानीय कृष्ण थापाले बताए। उनले भने, ‘दुई दिनको दुधेबालक भोकले रोइरहन्छन्, बिचल्ली भयो।

मृतकका श्रीमान् अपांग छन्। अब यी बालबालिकाको अवस्था के हुने भन्ने चिन्ता छ।’ विकट बस्तीका नागरिकले समयमै स्वास्थ सेवा नपाउँदा अकालका ज्यान गुमाउनुपर्ने अवस्था अझै रहेको भन्दै उनले असन्तुष्टि जनाए। आर्थिक अवस्था निकै कमजोर भएका मृतक सरिताका श्रीमान् टंकप्रसाद जैसीको आँखाको ज्योति गुमेको धेरै भयो।

जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अधिराज आचार्य भन्छन्, ‘समयमै अस्पताल पुर्‍याउन सकिएको भए सरिताको ज्यान जोगाउन सकिन्थ्यो। हाम्रा लागि यो घटना दुर्भाग्य भयो।’ जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार चालु आर्थिक वर्षमा अत्यधिक रक्तस्रावबाट ज्यान गुमाउने सरिता पहिलो हुन्। गत वर्ष चार जना सुत्केरी तथा गर्भवतीले ज्यान गुमाएका थिए। ढुंगानाका अनुसार गत वर्ष रामारोशनको सुतारका दुई जना तथा कमलबजार र तुर्माखाँदका एक÷एक सुत्केरीको ज्यान गएको थियो। –अन्नपुर्ण पोस्टबाट

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी ...
वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज