Advertisement

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

Advertisement

अछामः आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे।

मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए। ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए।

सरिताका पति अपांग छन्। त्यसैकारण, नवजात शिशु र अरू तीन छोराछोरीको स्याहारसुसार र भविष्यलाई लिएर मलामीहरू पनि चिन्तित बने। टुहुरा दाजुभाइलाई सान्त्वना त दिए। तर, टुहुरा बालबालिकाको भविष्य भने अनिश्चित नै छ। बिहीबार सुत्केरी व्यथा लागेपछि सरितालाई स्ट्रेचरमा बोकेर ढुंगाचाल्ना स्वास्थ्यचौकी लगिएको थियो।

एकदेखि डेढ घण्टाको बाटो थियो। स्वास्थ्यचौकी नपुग्दै उनले राति २ः४५ बजे बाटोमा नै बच्चा जन्माइन्। नवजात शिशुसहित सरितालाई स्थानीयले राति ३ बजे स्वास्थ्यचौकी पुर्‍याएका थिए। निकै बेरसम्म पनि साल आएन। धेरै नै रक्तस्राव भइरह्यो। ‘न साल आयो, न त रक्तस्राव नै रोकियो, स्वास्थचौकीकी अनमी नीराकुमारी साउदले भनिन्, ‘त्यसपछि जिल्ला अस्पताल लैजान सुझाव दिएकी थिएँ। तर अस्पताल नपुग्दै ज्यान गएछ।’

साल निकाल्नका लागि आफूले सबै प्रक्रिया गरे पनि सफल नभएको उनले बताइन्। नवजात शिशु भने स्वस्थ छन्। अनमी साउदका अनुसार सरिताको सुत्केरी हुने ‘डेट’ भदौ २९ गतेको थियो। असोज ७ गतेसम्म व्यथा नलागेपछि सुत्केरी हुन जिल्ला अस्पताल जानुपर्छ भनेकी आफूले सुझाव दिएको साउदले बताइन्। तर, सरिताले योभन्दा पहिलाका सन्तान पनि सुत्केरी हुने मितिभन्दा ढिलै हुने गरेको जवाफ दिएकी थिइन्।

‘गर्भवती जाँचका लागि स्वास्थ्यचौकी आउँदा मैले धेरै पटक तपाईंको शरीरमा रगतको कमी छ, कमजोर हुनुहुन्छ, ख्याल गर्नु भनेर सुझाव दिएकी थिएँ,’ उनले भनिन्, तर, भौगोलिक विकटता र सवारीसाधन नहुँदा उहाँ अस्पताल जान सक्नु भएनछ।’  आमाको मृत्युपछि चार छोराछोरीको बिचल्ली भएको स्थानीय कृष्ण थापाले बताए। उनले भने, ‘दुई दिनको दुधेबालक भोकले रोइरहन्छन्, बिचल्ली भयो।

मृतकका श्रीमान् अपांग छन्। अब यी बालबालिकाको अवस्था के हुने भन्ने चिन्ता छ।’ विकट बस्तीका नागरिकले समयमै स्वास्थ सेवा नपाउँदा अकालका ज्यान गुमाउनुपर्ने अवस्था अझै रहेको भन्दै उनले असन्तुष्टि जनाए। आर्थिक अवस्था निकै कमजोर भएका मृतक सरिताका श्रीमान् टंकप्रसाद जैसीको आँखाको ज्योति गुमेको धेरै भयो।

जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अधिराज आचार्य भन्छन्, ‘समयमै अस्पताल पुर्‍याउन सकिएको भए सरिताको ज्यान जोगाउन सकिन्थ्यो। हाम्रा लागि यो घटना दुर्भाग्य भयो।’ जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार चालु आर्थिक वर्षमा अत्यधिक रक्तस्रावबाट ज्यान गुमाउने सरिता पहिलो हुन्। गत वर्ष चार जना सुत्केरी तथा गर्भवतीले ज्यान गुमाएका थिए। ढुंगानाका अनुसार गत वर्ष रामारोशनको सुतारका दुई जना तथा कमलबजार र तुर्माखाँदका एक÷एक सुत्केरीको ज्यान गएको थियो। –अन्नपुर्ण पोस्टबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज