ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड
Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको भन्दै अहिले विरोध गर्नुको अर्थ नहुने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अन्तरिम सरकारमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले चुनाव सफल पार्न सबैलाई आग्रह गरे ।
त्यसरी अगाडि नबढ्ने हो भने अराजकता र दुर्घटना निम्तिन सक्ने उनले चेतावनी दिए । ‘कुनै वितण्डा नगरौँ । हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनस्र्थापनाको कुरा उठाउनुजस्तो हास्यास्पद अरू केही हुँदैन । निर्वाचन सफल पार्नका लागि म आग्रह गर्न चाहन्छु,’ उनले भने ।
राष्ट्रिय सहमतिका साथ अगाडि बढ्दा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने प्रचण्डले बताए । अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल पार्न भूमिका खेल्ने उनले बताए । ...











