गौरिगङ्ग न पा वडा न ५ अन्डैयामा रहेको श्री "श्री जनजागृती आबि बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा नबराज बिक निर्बिरोध निबार्चित भएका छ्न उक्त समितीमा ३ जना सदस्य धर्म बहादुर बिश्वकर्मा देब कला बिक र सरिता मगर पनि निर्बिरोध निर्बाचित भएको निर्वाचन अधिकृत गङ्ग बिकले जानकारी दिएका छ्न ।
६ भदौ, धनगढी - मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो ।
गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन ।
नेपाली सेनाका अनुसार बाघ बुढो देखिन्छ र भैंसीले हान्दा मृत्यु भएकोजस्तो देखिन्छ तर मृत्युको कारण एकिन भइसकेको छैन ।
घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले मृत बाघ लगेर गएको छ ।...
२०८१ भाद्र ३, सोमबार १०:२०२०८१ भाद्र ३, सोमबार १०:२०२०८१ भाद्र ३, सोमबार १०:२० by कामना संवाददाताNo Comments
दिनेश खाती, कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं.१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल बोर्डिङ स्कुलले स्कुलका संस्थापक स्मृति दिवसमा क्यान्सर पिडित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
हिजो संस्थापक स्मृति दिवसमा घोडाघोडी नगरपालिका वडा नं.१० थेबैका क्यान्सर पिडित पुर्णिमा देवि बमको उपचारका लागि रु तीस हजार आर्थिक सहयोग गरिएको छ । सो रकम विद्यालयका प्र अ युव राज बमले हस्तान्तरण गर्नु भएको हो । पिडित पुर्णिमा देवि बमका ससुरा नैन बहादुर बमले सहयोग गरिदिएको मा धन्यवाद व्यक्त गरेका छन् भने आगामी दिनमा पनी यस्तै सामाजिक कार्य गर्न आग्रह गरेका छन् । त्यस्तै कलम बमको २७ औं स्मृति दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
जसमा निबन्ध लेखन तर्फ ८ जना र वक्तृत्वकला तर्फ ५ जना पुरस्कृत भएको विद्यालयका सहायक प्र अ यानेन्द्र जोशीले जानकारी दिनुभयो । जिल्लाको मध्य...
२०८१ भाद्र ३, सोमबार ०६:५१२०८१ भाद्र ३, सोमबार ०६:५१२०८१ भाद्र ३, सोमबार ०६:५१ by बचन राज जोशीNo Comments
बझाङ : बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुईवटा नातिनी बेपत्ता भएका हुन् ।
९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतबिच्छेद बनाएको र तत्काल गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्दार गरिएको छ भने चार जना बेपत्ता भएको स्थानीय भरत महराले बताउनुभयो ।स्थानीयहरु रातभर लागे पनि उद्दारमा कठिनाइ भइरहेको थियो ।
बिराका छोरा उज्वल धामी भने भागेर बाँच्न सफल भएका थिए । उनले स्थानीयलाई गुहारेकाले बिरा धामी, बिराकी छोरी कमला धामी, नाती र एक बुहारीको जिवितै उद्दार गरिएको छ । भने चार जना घर भित्रै उद्दार गर्न नसकिने अवस्थामा रहेको उद्दारमा खटिएका स्थानीय भरत महराले बताउनुभयो
उद्दारका लागि अहिले झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ ...
२०८१ भाद्र १, शनिबार १३:०२२०८१ भाद्र १, शनिबार १३:०२२०८१ भाद्र १, शनिबार १३:०२ by कामना संवाददाताNo Comments
काठमाडौं: पशुपतिको कोटिहोम स्थलमा तनाव भएको छ। सो क्षेत्रमा सादा पोशाकका केही प्रहरीहरु पुगेपछि तनाव भएको हो।
सो क्षेत्रमा कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरु र प्रहरीबीच विवाद हुँदा तनाव भएको हो।
आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिका समर्थकले गुरुलाई पक्राउ गर्न आएको भन्दै प्रतिवाद गरेपछि तनाव भएको बताइएको छ।
फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाएका छन्।
आज कोटिहोमको समापन थियो। समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो। प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए। उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्...
अखिल क्रान्तिकारी को तेस्रो गौरिगंगा नगर सम्मेलन बाट गौरिगङ्ग नगर अध्यक्षमा नरेन्द्र साउद निर्बिरोध निर्वाचित भएका छ्न । नरेन्द्र साउदको अध्यक्षतामा भएको ३५ सदस्यीय कमिटी गठन भएको छ ।
कार्यक्रममा चौमाला बहुमुखी क्याम्पसका इकाइ कमिटी अध्यक्ष नबराज साउदले कार्यक्रम संचालन गरेका थिए। संगठनका केन्दिय उप-महासचिब क.उमेश कडेल को प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अथिती दिपक डिसि रहनु भएको थियो त्यस्तै अथितिमा प्रकाश नेपाली बल बहादुर महता (अनुप) नवीन धामी करन साउद वीर बहादुर थापा पदम काफ्ले लगाएत थुप्रै नेताहरु रहनु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै करन साउदले राजनीति भनेको समाजको ऎना र विद्यार्थी भनेको देशका खम्बा हुन भने कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै क प्रकाश् नेपाली जि ले विद्यार्थी आन्दोलनले नै थुप्रै देशको राजनीति सत्ता परिवर्तन भएको व्यक्त गर्नु भयो । क नवी...