धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुँदै
धनगढी- कैलालीको धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुनेभएको छ। "भाषा, संस्कृति र पर्यटन हाम्रो पहिचान–संरक्षण र विकास हाम्रो अभियान" भन्ने नाराका साथ बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेल- २०८२ धनगढीमा हुने भएको हो ।
उक्त सम्मेलन सुर्मादेवी बझाङी समाज धनगढीको आयोजनामा, बझाङी समाज काठमाडौंको तत्त्वावधानमा तथा बझाङी समाज अत्तरिया र अन्य सरोकारवालाहरूको सहकार्य र समन्वयमा उक्त सम्मेलन कार्तिक १ गते सनिवार आयोजना गर्न लागिएको जनाइएको छ ।
सम्मेलनमा बझाङी समुदायको मौलिक भाषा, संस्कृति र पर्यटनका सम्भावना विषयमा कार्यपत्र प्रस्तुतिका साथै विविध सांस्कृतिक प्रस्तुति, नृत्य र झाँकी प्रदर्शन हुने बताइएको छ।
आयोजक समितिका अनुसार, यस सम्मेलनले बझाङी समुदायको पहिचान, भाषा संरक्षण, सांस्कृतिक उत्थान र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्नेछ, भने बझाङी पहिचानला...











