Advertisement

मष्टा गाउँपालिकाको कार्यालयमा जेन-जी समूहद्वारा अनिश्चितकालीन तालाबन्दी

Advertisement

बझाङ- जिल्लाको मष्टा गाउँपालिकाको कार्यालयमा जेन–जी समूहले अनिश्चितकालीन तालाबन्दी गरेको छ। मष्टा गाउँपालिका–१ का जेन–जी समूहका सदस्यहरूले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन्।

समूहका संयोजक हिमाल खड्काका अनुसार गाउँपालिकासँग राखिएका मागहरूको सुनुवाइ नहुँदा तालाबन्दी गर्न बाध्य भएको हो। उनका भनाइमा, मष्टा–१ का स्थानीय समस्याहरू समाधान गर्न पटक–पटक गाउँपालिकामा गए पनि सम्बन्धित निकायले वेवास्ता गरेकाले अन्ततः तालाबन्दी गरिएको हो।

खड्काले मागहरू पूरा नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन्। समूहले वडामा खानेपानी र सडक सुधार, पातलगडामा पुल निर्माण, विद्युत् आपूर्तिको सुनिश्चितता, सहकारीमार्फत हिनामिना भएको रकम फिर्ता गरी दोषीमाथि कारबाही गर्नुपर्ने तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने माग राखेको जनाएको छ।

यस्तै थलारा गाउँपालिकामा गत मंगलबार लगाइएको ताला अहिलेसम्म खुल्न सकेको छैन । ठिङ्गलेख तराटी सडिल पिखेत झनाना सडक खण्ड निकासिको माग राख्दै  ताला लगाएका थिए । हप्ता दिन बितिसक्दा समेत कार्यालयमा लगाइएको ताला नखुल्दा सेवाग्राही समस्या परेका छन् । सडकको निकासा नभएसम्म ताला नखोल्ने अडान युवाहरूको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज