राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न
Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न
“हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्ने मूल नारासहित अधिवेशनको उद्घाटन भएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।
“हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्ने मूल नारासहित मिति २०८२ साल मंसिर २२ गते बझाङमा अधिवेशनको भव्य उद्घाटन गरिएको हो।
कार्यक्रममा जिल्ला भरिका लोक तथा दोहोरी गीतका कलाकार, स्रष्टा, सञ्चारकर्मी र स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटन समारोहमा संस्थाका अगुवाहरूले नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतको संरक्षण, प्रवर्द्धन र निरन्तरताका लागि प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।
सो अवसरमा नयाँ कार्यसमिति गठन गरिएको हाे ।
नयाँ जिल्ला कार्यसमितिमा अध्यक्षमा ग...











