काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य अधिकांश भूभागमा मौसम मुख्यतया सफा छ।
शनिबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकीका हिमाली भागका केही ठाउँमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम सफा नै रहने महाशाखाले उल्लेख गरेको छ।

