दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार (कात्तिक २०) राति १० बजेर ४० मिनेट जाँदा दार्चुलाको तावाघाट क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प आएको हो।
भूकम्पको धक्का स्थानीयवासीले स्पष्ट रूपमा महसुस गरेका थिए। हालसम्म क्षति सम्बन्धी विवरण भने प्राप्त भएको छैन।

