Advertisement

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

Advertisement

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट खसेपछि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बालकका उपचारका लागि स्थानीय युवाहरूले सहयोग अभियान सञ्चालन गरेका छन्।

समाजसेवी मनोज साउदको नेतृत्व र ललित दियाकोटीको सहकार्यमा सञ्चालन गरिएको अभियानमार्फत रु २१ हजार ७९१ रुपैयाँ ४० पैसा संकलन गरी उपचार खर्चका लागि हस्तान्तरण गरिएको हो।

यसैबीच, सोही गाउँपालिकाकी टिकेश्वरी बि.क.का परिवारका लागि पनि सहयोग अभियान सञ्चालन गरिएको छ। सिता देवी बि.क.की छोरी टिकेश्वरी भारतको दिल्ली जाँदै गर्दा उत्तर प्रदेशको साजानपुर नजिकै भएको बस दुर्घटनामा परि निधन भएको थियो। घरको जिम्मेवारी सम्हाल्दै आएकी टिकेश्वरीको निधनपछि परिवार आर्थिक संकटमा परेपछि मनोज साउद र गणेश बि.क.को नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको हो।

देश–विदेशमा रहेका सहयोगी दाताहरूबाट जम्मा रु २६ हजार ७९१ रुपैयाँ ६२ पैसा संकलन भएको थियो। त्यसमध्ये रु १७ हजार ४१५ रुपैयाँ सिता देवी बि.क.लाई क्रिया खर्चका लागि हस्तान्तरण गरिएको छ भने बाँकी रकम रु ९ हजार ३७६ रुपैयाँ ६२ पैसा स्थानीय सरकारको रोहवरमा औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

सहयोग अभियानमा मनोज साउद , हुकुमतारा साउद, ललित दियाकोटी, भरत नेपाली, गणेश बि.क., भागरथी बोहरा, चन्द्र बोहरा, प्रेम साउद, बिशाल साउद, देबबहादुर साउद, सिमरन चन्द लगायतले आर्थिक सहयोग गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज