त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएपछि श्रृङ्खला निराशाजनक रूपमा समाप्त भएको हो।
पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनायो। जवाफमा यूएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य भेटायो।
नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन जोडे भने कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७ र आसिफ शेखले ३४ रन बनाए। बलिङतर्फ करण केसीले ३ विकेट लिए, नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे।
यूएईका मोहम्मद शहदादले शानदार ९६ रनको पारी खेले भने जुनैद सिद्दीकी, मोहम्मद जवादुल्लाह र ध्रुव परासरले समान २–२ विकेट लिए।
नेपाल यसअघि यूएईसँग पहिलो खेलमा ५ विकेटले र अमेरिकासँग क्रमशः १०६ रन र ४ विकेटले पराजित भएको थियो।
यो हारपछि नेपालले २० खेलबाट १२ अंकसहि...












