Advertisement

Breaking News 1

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले साेमबार हसिनासहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गएको वर्षको घटनामा दोषी ठहर गरेको बीबीसीले जनाएको छ । भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो । गएको जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा एक हजार चार सय जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको छ जसमध्ये धेरैजसो सुरक्षा बलको गोलीबाट मारिएका थिए । यो प्रदर्शनमा हिंसात्मक दमनको आदेश दिन हसिना जिम्मेवार रहेको अदालतले ठहर गरेको छ । हसिनाले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । यही प्रदर्शनका कारण हसिनाले सत्...
अध्यक्ष शाहीद्वारा भैरव मावि झोतामा पूर्व विद्यार्थी एकता समाज गठन, १० हजारको अक्षयकोष

अध्यक्ष शाहीद्वारा भैरव मावि झोतामा पूर्व विद्यार्थी एकता समाज गठन, १० हजारको अक्षयकोष

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको केदारस्यूँ गाउँपालिका–९ झोतास्थित भैरव माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी एकता समाज गठन गरिएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र कुमार शाहीको पहलमा कार्तिक १७ गते समाज गठन गरिएको हो। नयाँ अध्यक्ष शाहीले जिम्मेवारी सम्हालेको दिनमै विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई सबल बनाउन, शैक्षिक सुधारमा योगदान पुर्‍याउन तथा विद्यार्थी हितमा दीर्घकालीन सहयोगको उद्देश्यसहित समाजको संरचना बनाएका हुन्। अध्यक्ष शाहीले समाज गठनकन्ह निर्णय गर्दै सुरुमा आफैबाट १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उक्त कोषलाई आगामी दिनमा विस्तार गर्दै विद्यालयमा अध्ययनरत असहाय, अशक्त, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय पोशाक लगायत सहयोग प्रदान गरिने बताइएको छ। विद्यालय–समुदाय सम्बन्ध सुदृढतिर उक्त निर्णयअनुसार समाजले विद्यालयमा देखापर्ने आकस्म...
सहिद बोहराकी आमा भन्छिन्– सन्चो बिसन्चो सोध्न पनि कोही आएनन्

सहिद बोहराकी आमा भन्छिन्– सन्चो बिसन्चो सोध्न पनि कोही आएनन्

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । गत भदौ २३ गते साँझ बझाङ खप्तड छान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त थिइन् । साँझपख बझाङका आफन्तले खबर पुर्‍याए, ‘तिम्रो छोरा अब यस संसारमा रहेन ।’ सन्तानलाई राम्रो शिक्षादीक्षा दिन सकूँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आएकी उनलाई संसार सकिएजस्तो भयो । मुटु फुट्ला जस्तो भयो, श्वास कसैले चुँडेर लगेजस्तै भयो । बोहराका जेठो छोरा सुभासको सोही दिन दिउँसो जेनजी आन्दोलनका क्रममा काठमाडौँमा गोली प्रहारबाट मृत्यु भएको थियो । जीवनको भरोसाका रुपमा रहेको छोरालाई गुमाउनुपर्दाको पीडा कैलीदेवीको मनले थाम्नसक्ने अवस्था रहेन । ‘अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिएँ, छोराको मृत्युको खबर आयो’, कैलीदेवीले सुनाइन् । कैलीदेवी करिब १० महिनाअघि मजदुरी...
राजनीति सेवा हो पेसा होइन -निर्मला साउद

राजनीति सेवा हो पेसा होइन -निर्मला साउद

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, दैनिक, समाचार, सुदूरपश्चिम
जब कुनै देश जब निर्माण हुन्छ तब त्यो देशको नेतृत्वको लागि कुनै न कुनै दलको निर्माण हुन्छ ।र राजनीतिको सुरुवात हुन्छ।र नेतृत्वकर्ताले नेतृत्व गरेको देश त्यो नेतृत्व कर्ताको क्षमता र कार्यशैलीले देश कता तिर जान्छ भन्ने निर्धारण गर्छ। हरेक बिश्वका हरेक देशमा राजनीति हुनु भनेको त्यहा का जनताको सेवा गर्नु हो। हाम्रो देशमा पनि थुप्रै राजनीति दलको निर्माण भएको छ ।केही ब्याक्तीको अहिले पनि राजनीति गर्नु भनेको पैसा कमाउनु हो भनेर राजनीति गर्दैछ्न उनीहरुको लागि राजनीति पेसा बनेको छ।पैसा कमाउने सजिलो उपाय भएको छ।राजनीति समाजको सिसा जस्तो राजनीति अनुहार लिएर सिसाको अगाडि उभिन्छ तपाईलाई पनि त्यस्तै देखाइ दिन्छ । राजनीतिले समाजको बिकास र मोडेलको निर्माण हो। ब्याक्तीगत जीवन लाई निहाल्ने हो भने देश र जनताको मुक्ति का लागि मिर्तुको पनि प्रवाह नगरि १० बर्ष जनयुद्ध लडियो सङैका साथ आज यो गणतन्त्र निर्माणका ...
भाडसैनमा बाह्रदेव क्याम्पस उद्घाटन : दुर्गम गाउँमै उच्च शिक्षाको ढोका खुलेको खुशी

भाडसैनमा बाह्रदेव क्याम्पस उद्घाटन : दुर्गम गाउँमै उच्च शिक्षाको ढोका खुलेको खुशी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- सुदूरपश्चिमको दुर्गम गाउँ बझाङको केदारस्यूँ गाउँपालिका–६, भाडसैनमा स्थापना गरिएको बाह्रदेव क्याम्पस सोमबार एक समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। “शिक्षा नै समाजको मेरुदण्ड हो” भन्ने मूल उद्देश्यसहित स्थानीयको लामो संघर्ष र प्रयासपछि स्थापना गरिएको क्याम्पसको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र संकायका डिन भवानीसिंह चलाउनेले गर्नुभयो। समुदायको एकताको फल कार्यक्रममा स्वागत मन्तव्य राख्दै चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा क्याम्पस स्थापनाका अगुवा जनकबहादुर धामीले स्थानीय समुदाय, जनप्रतिनिधि, शिक्षक र शिक्षाप्रेमीहरूको एकताले यो सम्भव भएको बताए। “विकट ठाउँमा क्याम्पस स्थापना गर्नु आफैंमा चुनौती थियो,” उनले भने, “तर सबैको साझा प्रतिबद्धताले यो सपना साकार भयो।” उनले क्याम्पस स्थापना अभियानमा सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. अम्...
थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तयारी सुदृढ गर्ने उद्देश्यले खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो। थलारा गाउँपालिकाको आयोजना र प्रतिबद्ध परियोजनाको सहजीकरणमा मंगलबार भएको उक्त कार्यक्रममा खोज तथा पहिचान विधिको परिभाषा, भत्किएका संरचनामा उद्धार टोलीको संरचना र आवश्यक उपकरणहरूको प्रयोगबारे विस्तृत अभिमुखिकरण दिइएको थियोे । कार्यक्रमका बारेमा जानकारी दिँदै प्रतिबद्ध परियोजनाका कार्यक्रम अधिकृत तेज बोहराले गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण र द्रुत उद्धार क्षमताको अभिवृद्धि मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार, सहभागीहरूलाई उद्धार सामग्रीको प्रयोग, द्रुत प्रतिक्रिया प्रक्रिया, तथा आपतकालीन अवस्थामा आवश्यक समन्वय प्रणालीबारे व्यावहारिक प्रशिक्षण समेत प्र...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्ण अवस्थासँगै अस्तित्व संकटमा परेको छ। विक्रम सम्बत २०१६ (सन् १९५९) मा महाशिवरात्रिको अवसरमा श्रीमती रानी जगदम्बा कुमारी देवीले नेपाली तीर्थयात्रीहरूको सुविधा र विश्रामका लागि धर्मशालाको स्थापना गर्नुभएको थियो। स्थापना कालदेखि नै यस धर्मशालाले रामेश्वरम आउने हजारौँ नेपाली भक्तजनलाई सस्तो र सहज आवास सुविधा प्रदान गर्दै आएको थियो। तर हालका वर्षहरूमा यसको भौतिक संरचना कमजोर, सरसफाइ अवस्था बिग्रिँदै गएको, र संरक्षणको अभावका कारण धर्मशालाको अवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। यस ऐतिहासिक सम्पदाको जिर्णोद्वार र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग पटक–पटक औपचारिक ध्यानाकर्षण गराइएको भए पनि अहिलेसम्म कुनै सन्तोषजनक प्रगति भएको छैन। समाजसेवी करन विष्टका अन...
केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो । सिकाइ आपूर्ण तथा द्रुत सिकाइ योजना कार्यनयन, इमिस अध्यावधिक, अतिरिक्त कक्षा सञ्चालन सम्बन्धि कार्यक्रममा अन्तरक्रिया गरिएको थियोे । कमजोर सिकाइ भएका बालबालिका लागि थप सिकाइका कार्यक्रम सञ्चालन गर्न र विद्यालय नियमित सञ्चालन तथा पठनपाठन सुनिश्चितता गर्न कार्यक्रम आयोजना गरिएको शिक्षा शाखा प्रमुख हिक्मत बहादुर भण्डारीले जानकारी दिए । त्यस्तै पालिका शिक्षा युवा तथा खेलकुद शाखाले कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा ८ र १० मा अध्यनरत अंग्रेजी, गणीत ...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ गइरहेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर निवासी ५५ वर्षीय शंकर डगौरा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याइएको थियो तर चिकित्सकले मृत घोषित गरेका छन्। ठक्करबाट घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ का ५४ वर्षीय हर्क बहादुर डगौरा र त्यसै स्थानका २५ वर्षीय कृष्ण डगौरा घाइते भएका छन्। घाइतेहरूको घोडाघोडी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न जिप र चालक रोल्पा, त्रिवेणी गाउँपालिका–४ निवासी २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि पूर्ण बदलीको अवस्था देखिएको महाशाखाले जानकारी दिएको हो। महाशाखाका अनुसार दिउँसोपछि कोशी र गण्डकी प्रदेशका उच्च भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। देशका अन्य धेरै स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले व्यापक वर्षा हुने अवस्था नभएको स्पष्ट पारेको छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा देशका बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ।...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित गर्जेपानी माध्यमिक विद्यालय रायलमा आज सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । “बझाङको साहित्य, भाषा, संस्कृति र सिर्जनशील प्रतिभालाई पहिचान, संरक्षण र प्रवर्द्धन गर्दै साहित्यलाई समाज विकास र सांस्कृतिक पहिचानसँग जोड्न समाजले शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमबाट सुदूरपश्चिमाञ्चल साहित्य समाज बझाङ शाखा बिस्तार गरिएको छ । साहित्यकार पूर्णबहादुर मल्लको संयोजकत्वमा ११ सदस्यीय शाखा बिस्तार गरिएको हो । समिति सचिवमा शैलेन्द्र बहादुर सिंह,सदस्यमा विकास थापा (युनिक विवेक) गोकुल जोशी, मीना मल्ल, दिप सुस्केरा (दिपक बोहरा ) , मुकेश खाती, वीर विकल धामी ,लख्खु सिंह ,नरबहादुर भण्डारी...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो। नवगठित समितिमा उपाध्यक्षमा दसिराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सह–सचिवमा ज्योति बोहरा, तथा कोषाध्यक्षमा कालुराम चौधरी रहेका छन्। त्यस्तै सदस्यमा स्वरूप चौधरी र रोशन रसाइली रहेका छन्। भेलामा सहभागी सञ्चारकर्मीहरूले समूहले स्थानीय तहमा सञ्चारकर्मीबीच आपसी सहकार्य, पेशागत अधिकार संरक्षण र सूचना प्रवाहको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। भेलामा घोडाघोडी क्षेत्रमा क्रियाशील विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज