एउटै पार्टी, फरक स्वार्थ: जयपृथ्वी–७ मा वडाध्यक्ष–वडा सदस्यको टकरावले तालाबन्दी
Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–७ नम्बर वडा कार्यालयमा लगाइएको तालाबन्दी आज पनि खोलिएको छैन । कार्यालय सहयोगी नियुक्तिको विषयलाई लिएर उत्पन्न विवाद समाधान नहुँदा वडा कार्यालयका सम्पूर्ण सेवा प्रभावित बनेका छन् ।
यो विवाद माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष शिवराज जोशी र तत्कालीन नेकपा समाजवादीबाट निर्वाचित वडा सदस्य दीपक रोकाया बीच सुरु भएको हो। रोचक पक्ष के छ भने, पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा यी दुवै जनप्रतिनिधि हाल एउटै दलमा आवद्ध छन् । पार्टी एउटै भए पनि स्वार्थ फरक भएपछि विवाद चुलिएको स्थानीयको बुझाइ छ ।
स्थानीयका अनुसार वडा अध्यक्ष जोशीले आफ्नो नजिकको व्यक्तिलाई कार्यालय सहयोगीमा नियुक्त गर्न खोजेपछि वडा सदस्य रोकायाले पनि आफ्ना मान्छे राख्न दबाब दिए । दु...












