Advertisement

नेपाल वेस्टर्न एकेडेमी धनगढी बिएचएमका विद्यार्थीलाई जापानमा एक वर्षे तलबसहित इन्टर्नसिप अवसर

Advertisement

कैलाली : धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमी (NWA) मा अध्ययनरत बिएचएम कार्यक्रमका विद्यार्थीहरूले जापानको राजधानी टोकियोमा एक वर्षे तलबसहितको इन्टर्नसिप अवसर प्राप्त गरेका छन् । इन्टर्नसिप सहित खाना र बसोबासको सुविधा संगै विद्यार्थीहरूले मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने गरी इन्टर्नसिपमा सहभागी हुन पाएका छन ।

कलेज प्रशासनका अनुसार, विद्यार्थीहरूलाई विश्वस्तरीय होटल तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा प्रत्यक्ष कार्यअनुभव दिलाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । यस अवसरले विद्यार्थीहरूको व्यावसायिक सीप, कार्यअनुशासन र अन्तर्राष्ट्रिय कार्यसंस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने अपेक्षा गरिएको छ ।

नेपाल वेस्टर्न एकेडेमीका प्रबन्धक शैलेस सिंह ले यो उपलब्धिलाई कलेजका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् । उनले भने “बिएचएम कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले प्राप्त गरेको यो अवसर उनीहरूको मेहनत, अनुशासन र कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाको परिणाम हो । जापान जस्तो विकसित देशमा तलबसहित इन्टर्नसिप पाउनु ठूलो अवसर हो, जसले विद्यार्थीको करियरलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन सहयोग गर्छ।”

उनका अनुसार, नेपाल वेस्टर्न एकेडेमी सम्भवतः सुदूरपश्चिम प्रदेशकै पहिलो क्याम्पस हो, जहाँबाट बिएचएमका विद्यार्थीहरूलाई यसरी तलबसहित जापान पठाउन सफल भएको छ । यसले प्रदेशका अन्य विद्यार्थीहरूलाई पनि स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गरी अन्तर्राष्ट्रिय अवसरसम्म पुग्न सकिने सन्देश दिएको उनले बताए ।

इन्टर्नसिप अवधिभर विद्यार्थीहरूले होटल तथा आतिथ्य व्यवस्थापनसम्बन्धी विभिन्न विभागमा काम गर्दै व्यावहारिक ज्ञान हासिल गर्नेछन् । यसबाट उनीहरूको भविष्यमा अन्तर्राष्ट्रिय रोजगारी र उच्च अध्ययनका अवसरहरू समेत खुल्ने विश्वास कलेज प्रशासनको छ ।

कलेज प्रशासनले आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने र विद्यार्थीहरूलाई अध्ययनसँगै कामको अवसर दिलाउने कार्यक्रम विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज