Advertisement

हाम्रो बारेमा

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगेर फरार भएका २ जना पक्राउ

समाचार
कैलाली – अमेरिका पठाइदिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने काठमाण्डौ महानगरपालिका–१४ बस्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठ पक्राउ परेका छन् । चन्द्रबहादुर रावललाई अमेरिका पठाइदिने र त्यहाँ मासिक तीन लाख रुपैयाँ कमाइ हुन्छ भन्दै दुई जनाले ४० लाख रुपैयाँ मागेका थिए । उनीहरूले पीडित रावलबाट पटक–पटक गरेर १५ लाख रुपैयाँ लिएपछि फरार भएका थिए । ठगी गर्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई आज मङ्गलवार कोटेश्वरबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डाै पठाइएको छ ।...

देशभरका कारागारमा योग शिविर सञ्चालन हुने

समाचार
कैलाली - आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो । उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानासहित सोमवार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । एक महिनाभित्रै नक्खु कारागारमा हुने १० दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागारसहित देशमा ७...
विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन

विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन

बझाङ, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ जिल्लामा विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन भएको छ । जिल्लामा रहेकाे आयुर्वेद कार्यालयकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । विद्यालयमा विभिन्न कार्यक्रम कसरी गर्ने र याेग भनेको के हाे यसका फाईदाहरुलाई मध्येनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरेको हाे । पानकाेटमा रहेको आयुर्वेद कार्यालयले २ दिने कार्यक्रम सञ्चालन गरेकाे छ । सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बाेहराकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि देउलेख आयुर्वेद स्वास्थ्य प्रमुख हिमाल भट्ट रहनु भएको थियाे भने बिशिस्ट अतिथि जिल्ला आयुर्वेद निमित्त प्रमुख मिनबहादुर पुरी रहनुभएकाे कार्यक्रममा विभिन्न शिक्षक पत्रकार डाक्टर उपस्थिति रहनु भएको थियाे । कार्यक्रमले स्वस्थ मान्छेलाई कसरी हेस्टपुष्ट बनाउने,तन्दुरुस्त बनाउने र विरामीलाई कसरी ठिक पार्न सकिन्छ भन...

एमाले अध्यक्ष ओली आज कैलाली आउँदै

समाचार
कैलाली - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली आउँदै छन् । आज साँझ बुद्ध एयर मार्फत ओली धनगढी आउने जनाइएको छ । १४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आउन लागेका हुन् ।  अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू आउँदै छन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोली आउँदै छन् । भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए । १४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयार...

बझाङका १६ वर्षीय बालक कैलालीबाट बेपत्ता

समाचार
कैलाली - बझाङका १६ वर्षीय बालक कैलालीबाट बेपत्ता भएका छन्।  बझाङ जिल्ला घर भई हाल कैलालीको जोशिपुर गाउँपालिका-५ बनकट्टा बहुनिया बस्दै आएका दिपक खातीका १६ वर्षीय छोरा शेरबहादुर खाती गत शुक्रवारबाट सम्पर्क विहीन भएका हुन्। शुक्रवार राति ८ बजे धनगढी चौराहाको सिसिटिभी फुटेजमा देखिएपनि अहिले सम्म सम्पर्क हुन नसकेको बिराज रावलले बताए। शेरबहादुरलाई कसैले देखे वा भेटेमा ९८६५७३३०५४, ९८६५८५४९७० र ९८५८४२५७५३ मा सम्पर्क गरिदिन रावलले आग्रह गरे।...

काठमाडौंमा स्पा सञ्चालक पक्राउ, दुई बालिकासहित तीन जनाको उद्धार

समाचार
कैलाली - रोजगारीको नाममा काठमाण्डौमै बालिका तथा युवतीहरु बेचबिखन भएको घटना बाहिर आएको छ । काठमाण्डौ महानगरपालिका–९ रातोपुलमा रहेको ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोबाट खटिएको टोलीले बालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुकासाथै स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी ब्युरोले सार्वजनिक गरेको छ ।  उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो । अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारेर स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ ।  पौडेलले रातो प...

सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला आज

समाचार
कैलाली - सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज लाग्दै छ।  हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। हिजो रतेडी र आज दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।  उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ। देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको बताइएको छ । किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास रहेको छ ।...

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समिति नेतृत्वविहीन

समाचार
कैलाली - सुदूरपश्चिम प्रदेशसभा अन्तर्गतका समिति सभापति छनोट हुन नसक्दा प्रदेश सरकारका काम कारबाहीको नियमन र निगरानी हुन सकेको छैन। नेतृत्वको अभावमा समितिका आफ्ना आन्तरिक कामकारबाही पनि ठप्प छन् । प्रदेशसभामा रहेका चारवटा विषयगत समितिका पदाधिकारी सदस्य चयन गरिए पनि समितिका सभापति अहिलेसम्म चयन हुन सकेको छैन। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले समितिको नेतृत्व नहुँदा समितिको कामकारबाही ठप्प भएको र संसदीय निगरानीसमेत रोकिएको बताए । उनले भने, “प्रदेशसभाको पहिलो कार्यकालको पाँचवर्षे अवधिमा प्रदेशसभाका सदस्यहरुको सक्रियता देखिन्थ्यो, जनताको चासो पनि थियो, दोस्रो कार्यकालको यो प्रदेशसभाका कामकारबाहीप्रति कसैले पनि त्यति चासो नदिँदा सरकार आफूखुसी स्वतन्त्र ढङ्गबाट अघि बढिरहेको देखिन्छ ।”  प्रदेशसभालाई प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्त्वपूर्ण संस्थाक...
नमूना कैलाश आधारभूत विद्यालयकालागि आर्थिक संकलन अभियान : सुर्मा गाउँपालिका अध्यक्ष बोहोराद्वारा चालिस हजार सहयोग

नमूना कैलाश आधारभूत विद्यालयकालागि आर्थिक संकलन अभियान : सुर्मा गाउँपालिका अध्यक्ष बोहोराद्वारा चालिस हजार सहयोग

बझाङ, मुख्य समाचार
बझाङ : मष्टा गाउँपालिका वडा नम्बर ७ लटौनस्थित कैलाश आधारभुत विद्यालयको स्तरोन्नतीको लागि आर्थिक संकलन अभियान जारी रहेको छ । अभियान अन्तर्गत आज सुर्मा गाउँपालिका अध्यक्ष खडक बोहोराले आर्थिक सहयोग गर्नुभएको छ । भौगोलिक विकटता तथा आर्थिक अभावका कारण ओझेलमा परेको कैलाश आधारभुत बिद्यालयको स्तरोन्नतीको लागि अध्यक्ष बोहोराले चालिस हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिर्ख बोहोराले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक, भौतीक एव आर्थिक उन्नती गरेर मष्टा गाउँपालिकाकै नमुना विद्यालय बनाउने उद्येश्य रहेको बताउदै विद्यालय व्यवस्थापन समिति अध्यक्ष बोहोराले अहिलेसम्म विभिन्न निकाय तथा व्यक्तिहरुबाट १४ लाख रकम संकलन गरिएको बताउनुभएको छ । उहाँले आफ्नो कार्यकालमा कैलाश आधारभुत बिद्यालयलाई पालिकाकै नमूना विद्यालय बनाउने संकल्प सहित लागिरहेको समेत बताउनुभएको छ ...

विद्यार्थीको मन जित्दै ‘दिया एजुकेसन’ : इपीएस परिक्षामा ९० प्रतिशत नतिजा दिन सफल 

समाचार
धनगढी – कोरियन भाषा पढ्न चाहने विद्यार्थीका लागि अहिले दिया एजुकेसन गन्तव्य स्थान बनेको छ । काठमाडौंको कृतिपुर, नगाउँमा रहेको दिया एजुकेसनले सन् २०२३ को सीप बील्डीङ क्षेत्रमा भएको परिक्षामा ९० प्रतिशत नतिजा दिन सफल भएको छ । त्यस्तै एजुकेसनमा प्रत्येक दिन विभिन्न समयमा कोरियन कक्षाहरु चलिरहेको दिया एजुकेसनमा कार्यरत भाष्कर भट्टले बताए । दिया एजुकेसनमा कोरियन कक्षाहरु लेखक तथा प्रशिक्षक विवेक भट्टद्वारा हुने गरेका छन् । त्यस्तै “डेली यूबीटी परिक्षा” हुने गरेका छन् ।...

चितुवाले आक्रमण गर्दा बैतडीमा एक जना घाइते 

समाचार
कैलाली - बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्।  जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्। सोमवार बिहान घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामी माथि चितुवाले आक्रमण गरेको हो।  चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको स्थानीय कृष्णबहादुर बोहराले बताएका छन्। ...

विहे गर्ने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ 

समाचार
कैलाली - एक महिलाले युकेको नागरिक भएको बताउँदै विहे गरेर लैजाने लोभ देखाएर ठगी गरेको पाइएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनले प्रलोभनमा पारी ३ लाख ३० हजार बढी ठगी गरेको पाइएको प्रहरीको साइबर व्यूरोले जनाएको छ । यसरी ठगी गर्नेमा पाँचथर फिदिम नगरपालिका ११ घर भई हाल झापा बस्ने ३४ वर्षकी कमला मिश्र रहेको प्रहरीले जनाएको छ। उनले युकेको नागरिक हुँ, विवाह भएको छैन भनी जन्मदिनको उपलक्ष्यमा आइफोन, लुगा, ब्याग, सुनका घडी तथा ७० हजार डलर पठाइदिन्छु, डेलिभरीले सम्पर्क गरेपछि मैले पठाएको गिफ्ट सामानहरु लिनु भनि म्यासेज लेखेर फोटोसमेत पठाई रकम ठगी गरेको पाइएको ब्यूरोले जनाएको छ। ठगिएपछि पीडितले दिएको निवेदनका आधारमा विद्युतीय माध्यामबाट ठगी गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज