कैलाली – बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्।
जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्।
सोमवार बिहान घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामी माथि चितुवाले आक्रमण गरेको हो।
चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको स्थानीय कृष्णबहादुर बोहराले बताएका छन्।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३