Advertisement

हाम्रो बारेमा

कञ्चनपुरमा एक घरमा आगलागी 

समाचार
कैलाली - कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । शुक्लाफाटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्कि घरमा आगलागी भएको हो। आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।  आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।...
केपी वली टि-२० क्रिकेट खेलमा सु.प. का क्रिकेट खेलाडीलाई मायामेट्रोद्बारा जाकेट हस्तान्तरण

केपी वली टि-२० क्रिकेट खेलमा सु.प. का क्रिकेट खेलाडीलाई मायामेट्रोद्बारा जाकेट हस्तान्तरण

समाचार
पोखरामा जारी केपी वली टि-२० क्रिकेट कप प्रतियोगिता २०८० का लागि सुदुर पश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीको अध्यक्षतामा खेलाडीहरुलाई बिदाई समारोहका प्रमुख अतिथिमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एव् माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउद, विशिष्ट अतिथिमा परशुराम नगरपालिकाका मेयर भरत जोशीको उपस्थीति रहेको थियो । तेसै गरी प्रदेश क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा , प्रदेश सचिव लक्ष्मण भट्ट , प्रदेश सदस्य रमेश चन्द, डडेल्धुरा जिल्ला क्रिकेट संघ का अध्यक्ष हरि उप्रेती लगाएत द्वारा सुदुरपश्चिम् प्रादेशिक क्रिकेट संघ को प्रदेश क्रिकेट टिमका खेलाडीहरुलाई  टिका र खादा लगाई विदाई  गरेका छ । खेलाडीहरुलाई मायामेट्रो अस्पताल धनगढीले खेलाडीहरुको उच्च मनोबल होस भन्ने कामना गर्दै जाकेट प्रायोजन गरी सबै खेलाडीहरुलाई मायामेट्रो अस्पतालका संचालक/अध्यक्ष धिरे...

दार्चुलामा दुई बस एकआपसमा ठोक्किएपछि…

समाचार
कैलाली - दार्चुलामा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन्। महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ थप्तोलीमा दुई बस आपसमा ठोक्किएका छन्। दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २३९३ नम्बरको नगर बस आपसमा ठोक्किएका छन्। नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो।  बसहरुमा क्षति भएको तर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।...

थाइल्यान्डमा एक बेहुलाले बेहुलीसहित ४ जनालाई गोली हाने

समाचार
कैलाली - थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् ।  थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख छ ।  गोली लागेका सबैकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । गोली चलाउनुकाे कारण भने खुलेको छैन । चतुराेङले गएकाे वर्ष इन्डाेनेसियामा भएकाे एसियन पारा गेम्स पाैडीमा रजत पदक जितेका थिए ।...

गणतन्त्रमा खतरा छैन : देउवा

समाचार
कैलाली - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कन नसक्ने बताएका छन् । नवलपुरको जिल्ला सम्मेलनमा जाने क्रममा भरतपुरमा पत्रकारसँग बोल्दै सभापति देउवाले गणतन्त्रमा संकट नरहेको बताए । राजावादीको प्रदर्शन बारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भने,‘अरु कुरा मलाई थाहा छैन ।’ राजतन्त्रको पक्षमा बोल्न पाइने भएपनि राजतन्त्र फर्कने अवस्था नरहेको उनले बताए । राजसंस्थाको पुर्नबहालीको विषयमा सभापति देउवाको मौनता बारे सोधिएको प्रश्नमा देउवाले भने,‘तपाईहरु के के लेख्नुहुन्छ, मलाई के थाहा यार?’ आलोपालोको प्रधानमन्त्री बारे सभापति देउवाले ‘भएपछि थाहा पाइहाल्नुहुन्छ नि’ भनी जवाफ फर्काए ।...

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
कैलाली - बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको तल्कोट गाउँपालिका–४ खौलाबजारका करिब ५३ वर्षीय जोगी बोहराको भिरबाट लडेर मृत्यु भएको हो। उनी भिरबाट लडेर करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

बाजुराको एक विद्यालयमा वडा सदस्यको मनोमानी, वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा पनी राहतलाई प्रअको जिम्मेवारी

समाचार
कैलाली - त्रिवेणी नगरपालिका २ सिम्लामा रहेको पार्वती माध्यामिक विद्यालयमा कानुन विपरित प्रधानाध्यापक बनाएको विवादले जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।  यो भन्दा  पहिले प्रधानाध्यापक रहेका शिक्षक नन्दलाल जैशी कार्तिक २० गते अनिवार्य अबकास (रिटाएर) भएपछि रिक्त रहेको प्रधानाध्यापक पदमा विद्यलय ब्यवस्थापन समितिले कानुनको अबज्ञा गर्दै प्रधानाध्यापक नियूक्ति गरेको भन्दै विवाद सुरु भएको हो । स्थायी वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा हुदै बिद्यालय ब्यवस्थापन समितिले राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निणर्य पछि द्धितिय श्रेणीका स्थायी शिक्षक देवराज न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि निवेदन दिएका छन् । शिक्षा नियमावली २०५९ (संशोधन) सहितको परिच्छेद १७ को नियम ९३ को उपनियम १ र २ अनुसार वरिष्ट स्थायी शिक्षक प्राधानाध्यापक हुने व्यवस्थालाई उलङघन गर्दै रा...

बैतडीको मेलौलीमा आज दिउसेडी मेला लाग्दै

समाचार
कैलाली - बैतडीको मेलौलीमा भगवती मन्दिरमा आज दिउसेडी मेला लाग्दै छ।  मेलौली नगरपालिका –१ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा हिजो दे रतेडी लागेको मेला आज दिउसेडी मेला लाग्ने भएको हो। मेलौली नगरपालिकाले मेलाको अवशरमा आज पनि सार्वजनिक बिदा दिइएको छ। हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेलौली भगवती मन्दिरमा मेला लाग्ने गर्दछ।...

सहिद भीमदत्त पन्तको ९८ औँ जन्मजयन्ती मनाइयो

समाचार
कैलाली - सहिद भीमदत्त पन्तको महेन्द्रनगरस्थित शालिकमा माल्यार्पण गरी ९८औँ जन्मजयन्ती हिजो मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले भीम वाटिकामा रहेको शालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए । दलित, किसान, गरिबका नेता पन्तको शालिक तोडफोड गरी इतिहास मेटाउने परिपञ्च रचिएको उल्लेख गर्दै उनले त्यस्ता तत्व विरुद्ध एकजुट भएर उभिनुपर्ने बताए । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले तोडफोड गरिएको शालिक पुनःनिर्माणको कार्य चाँडै अगाडि बढाइने बताए । शोषक सामन्तलाई परास्त गर्ने क्रान्तिकारी नेता पन्त इतिहासको पानामा सधैँ अमर रहिरहने उनले बताए ।  सहिद पन्त विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका हुन् । सुदूरपश्चिममा...

एनएसएलमा धनगढीले विरगञ्जलाई हरायो

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीले विरगञ्ज युनाईटेड एफसीलाई हराएको छ।  आईतवार दशरथ रंगशालामा भएको खेलमा धनगढीले विरगञ्जमाथि २–१ को जित निकालेको हो।  दुवै टिम प्रतियोगिताको पहिलो खेलमा मैदान उत्रिएका थिए, जसमा धनगढीले सुखद सुरुवात गर्यो। खेलको दोस्रो मिनेटमा फोडे फोफानाको गोलमा धनगढीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै बिरगञ्ज खेलमा फर्किएको थियो। बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा गोल निकाल्दै धनगढीले जित निकाल्न सफल रह्यो। अहमद हिजाजीले खेलको अन्तिम मिनेटमा गोल गर्दै धनगढीलाई शानदार जित दिलाए। साविक उपविजेता धनगढीले जितसहित दोस्रो सिजनको सुरुवात गरेको छ। धनगढीले तालिकामा ३ अंक जोेडेको छ। एनएसएलको नवप्रवेशी टिम विरगञ्जले हारसहित सिजनको सुरुवात गरेको छ। आज (सोमवार) झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ।...

केएमसीमा ‘बीबीएम फेस्ट’मा स्टलको लागि आवेदन खुला 

समाचार
धनगढी - धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा 'बीबीएम फेस्ट' अन्तर्गत स्टलको लागि आवेदन खुला गरिएको छ । उक्त फेस्ट अन्तर्गत मंसिर १३ र १४ गते स्टल राखिने भएकाले केएमसीमा अध्ययनरत व्यक्ति वा समूहले आफ्नो आइडियासहित स्टल राख्नका लागि आवेदन खुला गरिएको हो ।  स्टल राख्न सकिने क्षेत्रहरुमा वीजनेस आइडिया, टेक्नोलोजी एण्ड इनोभेसन, आर्टस एण्ड लीट्रेचर, खेल र फूड आइटम रहेका छन् । आवेदनका लागि अन्तिम मिति मंसिर ११ गतेसम्म तोकिएको आयोजकले जनाएको छ ।  आवेदनका लागि ९८६५८४७११७ र ९७४९८००९७७ मा फोन गर्न सकिनेछ । त्यस्तै क्याम्पसमा रहेको बीबीएम विभागमा पनि सम्पर्क गर्न सकिने जनाइएको छ । सिर्जनशीलता, नवीनता, स्थानीय परिकार र मौलिकतालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।...

बझाङमा जीप दुर्घटना हुँदा दुई जना घाइते

समाचार
बझाङ - बझाङमा जीप दुर्घटना भएको छ। जिल्लाको छविसपाथिभेरा  गाउँपालिका–७ मा आज सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन्।  घाइते भएका दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज