कैलाली – अमेरिका पठाइदिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने काठमाण्डौ महानगरपालिका–१४ बस्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठ पक्राउ परेका छन् ।
चन्द्रबहादुर रावललाई अमेरिका पठाइदिने र त्यहाँ मासिक तीन लाख रुपैयाँ कमाइ हुन्छ भन्दै दुई जनाले ४० लाख रुपैयाँ मागेका थिए । उनीहरूले पीडित रावलबाट पटक–पटक गरेर १५ लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।
ठगी गर्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई आज मङ्गलवार कोटेश्वरबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डाै पठाइएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३