Advertisement

हाम्रो बारेमा

बझाङका प्रमुख जिल्ला अधिकारीद्वारा घरमै पुगेर नागरिकता प्रदान

बझाङका प्रमुख जिल्ला अधिकारीद्वारा घरमै पुगेर नागरिकता प्रदान

बझाङ, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे साईपाल गाउँपालीकामा घरमै नागरिकता पुगेको छ । सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लाकाे पनि अति दुर्गम साईपाल गाउँपालीकामा प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलले घरमै पुगेर नागरिकता दिनु भएको हाे । गाउँपालीकाकाे वडा नम्बर ३ मा बस्ने भुटी गुरुङलाई घरमै पुगेर प्रमुख जिल्ला अधिकारीले नागरिकता हातमा दिएपछि निकै खुसि हुनु भयाे । उनले भन्नु,भयाे निकै खुसि भए म हिड्न सक्दिन । सदरमुकाम चैनपुर धेरै टाढा रहेकाे भन्दै आफू नागरिकता बनाउन नगएको र हाल स्थानीय सरकारले समन्वय गरेपछि घरमै नागरिकता पाएकाेमा निकै खुसि भएको गुरुङले बताए । प्रमुख जिल्ला अधिकारी जिल्लामा पुगेपछि असहाय अपांग र साहारा विहिनलाई धेरै राहत पुगेको देखिन्छ । जिल्लाकाे बिकासका लागि सुशासनका लागि सबै जिल्ला बासि एक भएर अगाडि बढ्नु पर्ने प्रमुख जिल्ला अधिकारीकाे भनाइ छ ।...

कञ्चनपुरमा २८ वर्षीय मिस्त्रीको मृत्यु

समाचार
कैलाली - कञ्चनपुरमा घर बनाउने क्रममा सिढी खसेर मिस्त्रीको मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा बेलडाँडी गाउँपालिका–३ बैवाहाका ठेकेदार तथा मिस्त्रीसमेत रहेका २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको हो । बेलडाँडी गाउँपालिका–३ का वडाअध्यक्ष दुर्गाप्रसाद चौधरीका अनुसार मंगलवार मत्यु भएका सन्तोषको शव पोस्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको छ ।...

अरिङ्गालले टोक्दा दार्चुलामा एक जनाको मृत्यु 

समाचार
कैलाली - अरिंगालको टोकाइबाट दार्चुलामा एक वृद्धको मृत्यु भएको छ । मंगलवार बिहान अरिङ्गालले टोक्दा महाकाली नगरपालिका–९ थाप्ला काटैका ९२ वर्षीय कल्याणसिंह सामन्तको मृत्यु भएको हो । घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त सख्त घाइते भएको ९ नम्बर वडाका सदस्य खिमसिंह सामन्तले बताए ।  घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।...

कर्मचारीको गल्तीले माइकल  बने करोडपति 

समाचार
कैलाली - हृालै अमेरिकाको इलिनोइसमा बस्ने माइकल सोपेजस्टल नामका व्यक्ति रातारात करोडपति बने । उनी आफ्नो पौरख वा मिहिनेतबाट भएको आम्दानीले धनी बनेका होइनन् । एकजना कर्मचारीको गल्तीका कारण उनले करोडौं रुपैयाँ जित्न सफल भएका हुन् । माइकल आफ्नो मनपर्ने रेष्टुरेन्टमा खाना खानका लागि हरेक केही हप्तामा इण्डियानाबाट मिसिगनसम्म गाडी चलाएर आउने गर्दछन् । मिसिगन लट्रीका अनुसार उनले लक्की फर लाइफको चिट्ठा पनि काट्ने गर्दथे । गत सेप्टेम्बर १७ मा गोलो ग्यास स्टेशनका एक खुद्रा बिक्रेताले भुलवस एउटै लक्की ड्रका लागि १० वटा लाइनयुक्त टिकट प्रिन्ट गरेर उनलाई दिए । त्यो जान्दाजान्दै पनि उनले त्यहीँ टिकट नै खरीद गरे । उनले भनेका छन्, ‘मैले एउटा बिहान जब आफ्नो टिकट हेरें तब थाहा भयो कि मैले जीवन भरका लागि हरेक वर्षको २५ हजार डलर जितेछु । त्यो हेर्दा त मेरो होसहवास नै उड्यो । अर्थात् मैले ती खुद्रा बिक्...

यस्तो छ आजको मौसम

समाचार
 कैलाली - हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।...

डोटीकी एक महिला कैलालीमा मृत फेला

समाचार
धनगढी - कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । डोटीको शिखर नगरपालिका–५ की ७० वर्षीया ईश्वरीदेवी ओझा गोदावरी नगरपालिका–४ मा रहेको गोदावरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी हुन् ।  उनी धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएकी थिइन् ।

कैलालीको एक घरमा आगलागी हुँदा ६ लाखको क्षति 

समाचार
धनगढी - कैलालीमा एक घरमा आगलागी भएको छ ।  जानकी गाउँपालिका–९ पूर्वी खैरीफाटाका रंग भाटको घर र गोठमा मंगलवार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा घर र गोठ पूर्णरुपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको क्षती भएको छ ।  प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । ...

लघु चलचित्र प्रतियोगिता गर्दै साइनो एजुकेसन 

समाचार
कैलाली - कैलालीको धनगढीमा रहेको साइनो एजुकेसनले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ ।  साइनो एजुकेशनले एक सूचना जारी गर्दै विभिन्न पाँच विषयवस्तु मध्ये कुनै एक विषयमा ३ देखि ५ मिनेटसम्मको भिडियो बनाउन सकिने जनाइएको छ ।  वर्गीकरण गरिएका विषयवस्तु मध्य पहिलोमा कोरियन, जापनीज र अङ्ग्रेजी भाषा दोस्रोमा टिउसन कक्षा : एसइइ प्याकेज, प्लस टू र ब्याचलर  त्यस्तै तेस्रोमा कम्प्युटर, ब्रीज कोर्स, आइ. ई. एल. टि. एस. (IELTS), रहेका छन् । चौथोमा नेपाल आर्मी, ससस्त्र प्रहरी बल (APF), नेपाल पुलिसको लिखित परीक्षाको तयारी कक्षा, लोक सेवा आयोग, शिक्षक सेवा आयोग र पाँचौमा बैंकिङ तयारी कक्षाहरुमध्ये कुनै एक विषयमा लघु चलचित्र निर्माण गरी प्रतियोगितामा सहभागीता जनाउन सकिने जनाइएको छ ।  प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले भिडियो सभ्य, शिष्ट, शालीन भाषामा बनाउनु पर्ने, साइनो एजुक...

कैलालीमा जिप दुर्घटना : एक जनाको मृत्यु

समाचार
कैलाली -  कैलालीमा जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साईकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको मंगलवार बिहान मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। ...

धनगढी उपमहानगरद्वारा ३ लोडर र ६ टिप्पर खरिद

समाचार
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ ३ वटा लोडर र ६ वटा टिप्पर खरिद गरेको छ ।  उपमहानगरपालिकाले ग्राभेल गर्न तथा खोलानाला अतिक्रमण हटाउन आफ्नै लोडर र टिप्परको संख्या बढाएको हो ।  उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खोलानाला तालहरूमाथि भएको अतिक्रमण हटाउन, पुनर्भरण पोखरी निर्माण र १९ वडाका ग्राभेल गर्नुपर्ने सडकहरूमा ग्राभेल गर्नका लागि लोडर टिप्पर खरिद गरेको हो। उपमहानगरपालिकासँग २ पुरानो र ५ नयाँ गरी ७ वटा लोडर तथा ३ पुरानो र ८ नयाँ गरी जम्मा ११ वटा टिप्पर रहेको नगरप्रमुख गोपाल हमालले बताए। उनका अनुसार उपमहानगरपालिकाद्वारा लोडर र टिप्पर उपलब्ध गराई वडाबाट गाडीको इन्धन, रोयल्टी र चालक खाना उपलब्ध गराएर १९ वटैमा ग्राभेल भइरहेको छ।  बिगतमा ग्रभेल गर्नका लागि समेत टिप्पर अभावका कारण धेरै समय कुर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउदै धनगढीका नागरिकलाई यस...
कैलाली को जोशिपुर गाउपालिका वडा न १ को वडा स्तरिय खेलकुदमा ब्यापक भ्रष्टाचार

कैलाली को जोशिपुर गाउपालिका वडा न १ को वडा स्तरिय खेलकुदमा ब्यापक भ्रष्टाचार

कैलाली, खेलकुद, सुदूरपश्चिम
मिलन साउद ।कैलाली को जोशिपुर गाउपालिका वडा न १ को वडा स्तरिय खेलकुदमा ब्यापक भ्रष्टाचार भएको  देखिएको छ । आसिक चौधरिको अध्यक्षतामा रहेको खेलकुद समितीले दादागिरी शैलीमा कुनै पनि खेलाडीहरुलाई र स्थानीयलाइ जे गर्नु हुन्छ गर्नुस तर कुनै पनि सामाग्रिहरुको बिल देखाउदैन भनेर गैर-जिम्मेवार पूर्ण र धम्की शैली मा जवाफ दिए । साथै जोशिपुर गाउपालिकाका कुनै पनि खेलमा शिक्षा तथा खेलकुद समितिका ब्यक्तिहरुको उपस्थित नरहेको स्थानीय र खेलाडीहरुको व्यापक गुनासो छ । खेलकुदका पुरस्कारहरु वितरण गर्दा पनि पुरानै पुरस्कार तथा मेडलहरु बितरण गरेको खेलाडीरुले बताएका छ्न । त्यसै गरि ३६ वटा प्रमाण-पत्र छपाइमा मात्र रु.२०००० हजार खर्च गरेको देखिएको छ । पुरस्कार बितरण नगरेरै खेल समापन भएको खेलाडिहरुको गुनासो छ ।...

कैलालीमा स्कुटर र बस ठोक्किदा तीन जना घाइते

समाचार
धनगढी - कैलालीमा स्कुटर र बस ठोक्किदा तीन जना घाइते भएका छन्।  पश्चिमबाट पुर्वतर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३०८९ नम्बरको बसलाई सोहि दिशातर्फ गइरहेको से ५ ब १९१७ नम्बरको स्कुटरले पछाडीबाट ठक्कर दिँदा गौरीगंगा नगरपालिका–८ मसुरीयामा दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर गौरीगंगा नगरपालिका–९ का स्कुटर चालक १५ वर्षीय सागर विक, गौरीगंगा नगरपालिका–५ का १९ वर्षीय रमेश विक र सोहि ठाउँका १९ वर्षीय महेश विक घाइते भएका छन्। स्कुटर चालक सागर विकको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य छ। घाइते तीनै जनाको धनगढीको केजी हस्पीटलमा उपचार भइरहेको छ। बस चालक यादवप्रसाद शाही र बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज