Advertisement

हाम्रो बारेमा

बझाङमा ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र

समाचार
बझाङ - बझाङको सेतीलोक मार्गको खप्तडछान्ना गाउँपालिकाकामा बन्न लागेका दुई वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।  निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण खप्तडछान्ना-१ कुचेखोला (कालिपछाई) र खप्तडछान्ना-७ गडरायमा निर्माण हुन लागेको पक्कीपुलको निर्माण कार्य अलपत्र परेको हो। २०७५ सालमा टेन्डर भएर काम सुरु गरेका निर्माण कम्पनीको लापरबाहीका कारण पुलको निर्माण कार्य अलपत्र परेका स्थानीयको गुनासो छ ।  खप्तडछान्ना गाउँपालिका-७ मा पर्ने विजाडी गाडमा बन्न लागेको पक्की पुलको काम अन्तिम चरणमा भएपनि ठेकेदारले निर्माण कार्य नसक्दै स्थानीय बासिन्दाका पैसा खाएर फरार भएपछि निर्माण कार्य अलपत्र पर्नुका साथै स्थानीयको झण्डै ७० लाख पैसा समेत डुबेको छ ।   पक्की पुलमा काम गर्ने स्थानीय मजदुरहरूले समेत अहिलेसम्म आफूले काम गरेको ज्याला...

बाजुरामा एक घरमा आगलागी 

समाचार
धनगढी - बाजुराको त्रिवेणी नगरपालिका–९ किम्नीस्थित एक घरमा आगलागी भएको छ ।  घरमा लगाएको विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका–५ किम्नीकी भरुदेवी बुढाको घरमा आगलागी भएको हो । घरमा आगलागी हुँदा घरमा रहेको अन्न अनाज लुगा कपडा भाँडालगायत सबै जलेर नष्ट भएको त्रिवेणी नगपालिका –५ किम्नीकी भरुदेबी बुढाले बताए । घरमा भएको खाद्यान्न तथा लुगाफाटो जले पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रहरी टोली घटनास्थलमा गएर मुचुल्का गरिहरेकाले अहिले के कति क्षति भएको भन्ने कुरा जानकारी भएको छैन ।...

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

समाचार
कैलाली - सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ ।  यस्तै, आज चाँदीको भाउ पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  ...

चलाउँछु कुटो कोदालो गाउँमा

समाचार
शान्ति प्रसाद जोशी 'मुस्कान'दोगडाकेदार-१, बैतडी चलाउँछु कुटो कोदालो गाउँमा । गरिँन्छ ओरालो उकालो गाउँमा ।। बाघ मासु खाएर पनि चुपचाप छ । दुध पिएर कराउछ बिरालो गाउँमा ।। शहर जाँदा आजाद छैन मान्छेहरु । लागिँन्थ्यो पशुको गोठालो गाउँमा ।। बास घर भत्काउन अरु को चाहियो । छिमेकी नै हुन्छन् भुइचालो गाउँमा ।। भारी बोकेर गधा हुदैँन नि भरिया । एम्बुलेन्सै छ डोको डालो गाउँमा ।।...

आज किराँत समुदायले उधौली पर्व मनाउँदै

समाचार
काठमाण्डाैं - किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासकासाथ मनाइँदैछ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनमा उधौली पर्व मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडिएको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । यस्तै, वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसानी गर्नका लागि मनाइने पर्व उभौली हो भने बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ ।  उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाइ पितृ पूजा गरिनाकासाथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । किराँत समुदायका...

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड 

समाचार
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्  ।  मङ्गलबार अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।  कार्यकाल एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।  उनले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्ने जनाइएको छ ।  प्रचण्ड गत वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भई पुस ११ गते शपथ लिएका थिए ।  ...

पाेखरालाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी फाइनलमा

समाचार
काठमाण्डाैं – पाेखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दाेस्राे संस्करणकाे एफसी नेपाल सुपर लिग (एनएसएल) काे फाइनलमा पुगेकाे छ । आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हराउँदै धनगढी उपाधि नजिकै पुगेकाे हाे ।  धनगढी लगातार दाेस्राे पटक फाइनलमा पुगेकाे हाे । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाण्डाै रेजर्ससँग पराजित हुँदै उपविजेता बनेकाे थियाे । निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएकाे थियाे । अतिरिक्त समयमा पाेखरा र धनगढीले १–१ गाेल गर्दै खेल २–२ काे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।  खेलकाे ५ औँ मिनेटमा पाेखराका आयुष घलानले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए...

विश्व हिन्दु परिषद् नेपाल धनगढीको शुभचिन्तक सम्मेलन सम्पन्न

समाचार
 धनगढी - विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिको शुभचिन्तक सम्मेलन सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका-१ मा रहेको पतञ्जली योग केन्द्र सुदूपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।  विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय महासचिव जितेन्द्र सिंहको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तको अध्यक्षता रहेको थियो । धनगढी नगर समितिका सचिव सिद्धराज पनेरूले सञ्चालन गरेको उक्त कार्यक्रम स्व:धर्म संस्कृति संरक्षणका लागि शुभचिन्तक सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वडा नम्बर ७ र १६ को सत्सङ्ग समिति बनाएर भजन सामाग्री प्रदान गरिएको जनाइएको छ । सोमबार सम्पन्न उक्त सम्मेलनमा करिव २ सयको उपस्थिति रहेको थियो ।...

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिँदै 

समाचार
धनगढी - भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ ।  महामारीको रूपमा कोरोना देखा परेको लामो समयपछि फेरि केहीमा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो । पछिल्लो एक साताभित्र गौरीफन्टा नाका भएर भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार हिजो (आइतबार) गौरीफन्टा नाका भएर भारतबाट फर्किएका दुई जनामा कोरोना पुष्टि भएको छ । ९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  यसअघि पुस ७ गते सोही नाकाबाट आएका एक जना र पुस ५ गते दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।...

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

समाचार
कैलाली - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्ड आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन् ।...

खप्तड यातायात प्रालीको महासचिवमा मोहन रावल 

समाचार
धनगढी - खप्तड यातायात प्रालीको महासचिवमा मोहन रावल चयन भएका छन् । आइतबार बसेको बैठकबाट उक्त सञ्चालक समितिको रिक्त पदमा बझाङ रुटका वरिष्ठ व्यवसायी मोहन रावल महासचिव पदमा चयन भएका हुन् । त्यस्तै खप्तड यातायातका संस्थापक सदस्य पुष्कर भट्ट सदस्य पदमा मनोनित भएका छन् ।

कैलालीमा थुनुवाका लागि पुस्तकालय स्थापना

समाचार
धनगढी - कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ । थुनुवाहरुका लागि इलाका प्रहरी कार्यालयले हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो ।  थुनुवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको मालाखेती इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गणेश बरालले बताए । पुस्तक पढेर थुनुवाहरुको सोंच, आचरण, व्यवहारमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । पुस्तकालयमा नेपालका विभिन्न लेखकद्वारा लिखित पुस्तकदेखि लिएर धार्मिक ग्रन्थ, लोकसेवा तयारीको पुस्तकसमेत राखिएको छ । नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्य सम्पादन सम्झौतानुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको इप्रका मालाखेतीले जानकारी दिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज