धनगढी – कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।
थुनुवाहरुका लागि इलाका प्रहरी कार्यालयले हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो ।
थुनुवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको मालाखेती इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गणेश बरालले बताए ।
पुस्तक पढेर थुनुवाहरुको सोंच, आचरण, व्यवहारमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । पुस्तकालयमा नेपालका विभिन्न लेखकद्वारा लिखित पुस्तकदेखि लिएर धार्मिक ग्रन्थ, लोकसेवा तयारीको पुस्तकसमेत राखिएको छ ।
नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्य सम्पादन सम्झौतानुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको इप्रका मालाखेतीले जानकारी दिएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३