
धनगढी – बाजुराको त्रिवेणी नगरपालिका–९ किम्नीस्थित एक घरमा आगलागी भएको छ ।
घरमा लगाएको विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका–५ किम्नीकी भरुदेवी बुढाको घरमा आगलागी भएको हो ।
घरमा आगलागी हुँदा घरमा रहेको अन्न अनाज लुगा कपडा भाँडालगायत सबै जलेर नष्ट भएको त्रिवेणी नगपालिका –५ किम्नीकी भरुदेबी बुढाले बताए ।
घरमा भएको खाद्यान्न तथा लुगाफाटो जले पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रहरी टोली घटनास्थलमा गएर मुचुल्का गरिहरेकाले अहिले के कति क्षति भएको भन्ने कुरा जानकारी भएको छैन ।