Advertisement

पाेखरालाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी फाइनलमा

Advertisement

काठमाण्डाैं – पाेखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दाेस्राे संस्करणकाे एफसी नेपाल सुपर लिग (एनएसएल) काे फाइनलमा पुगेकाे छ ।

आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हराउँदै धनगढी उपाधि नजिकै पुगेकाे हाे । 

धनगढी लगातार दाेस्राे पटक फाइनलमा पुगेकाे हाे । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाण्डाै रेजर्ससँग पराजित हुँदै उपविजेता बनेकाे थियाे ।

निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएकाे थियाे । अतिरिक्त समयमा पाेखरा र धनगढीले १–१ गाेल गर्दै खेल २–२ काे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । 

खेलकाे ५ औँ मिनेटमा पाेखराका आयुष घलानले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गाेल हुन नसकेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएकाे थियाे । 

खेलको १०२ औँ मिनेटमा स्टेफेन काेजाेले गाेल गर्दै पाेखरालाई फेरि अग्रता दिलाए । तर अतिरिक्त समयकाे अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गाेल गरेपछि खेल पेनाल्टी शुटआउटमा गएकाे थियाे ।

याे खेल हारे पनि पाेखराले फाइनल पुग्न अर्काे माैका पाउनेछ । अब पाेखराले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा काठमाण्डाै रेजर्स र ललितपुर सिटी एफसीबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । काठमाण्डाै र ललितपुरबीचको खेल भाेलि मङ्गलवार हुनेछ । यस्तै दाेस्राे क्वालिफायर आउँदाे बिहीवार हुनेछ । एनएसएलकाे फाइनल खेल आउँदाे शनिवार हुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज