
शान्ति प्रसाद जोशी ‘मुस्कान’
दोगडाकेदार-१, बैतडी
चलाउँछु कुटो कोदालो गाउँमा ।
गरिँन्छ ओरालो उकालो गाउँमा ।।
बाघ मासु खाएर पनि चुपचाप छ ।
दुध पिएर कराउछ बिरालो गाउँमा ।।
शहर जाँदा आजाद छैन मान्छेहरु ।
लागिँन्थ्यो पशुको गोठालो गाउँमा ।।
बास घर भत्काउन अरु को चाहियो ।
छिमेकी नै हुन्छन् भुइचालो गाउँमा ।।
भारी बोकेर गधा हुदैँन नि भरिया ।
एम्बुलेन्सै छ डोको डालो गाउँमा ।।

