Advertisement

हाम्रो बारेमा

मानवसेवा आश्रम कैलाली शाखामा सहयोग 

समाचार
धनगढी - धनगढीमा रहेको मानवसेवा आश्रम कैलाली शाखमा सहयोग गरिएको छ । आश्रममा चामल ५ कट्टा, तेल १ पेटि र नगद १२ हजार सहयोग गरिएको हो । आश्रममा लायन्स क्लब अफ धनगढी भिजनले आफ्नो तेस्रो वार्षिकोत्सबका अवसरमा खाद्यान्न सहयोग  गरेको छ । क्लबका अध्यक्ष पवन शाहलगायत पदाधिकारीले आश्रममै आएर चामल ५ कट्टा र तेल १ पेटि सहयोग गरेको आश्रमका अभिभावक  सिद्धराज पनेरूले बताएका छन् । यस्तै अत्तरिया बस्ने हेम खड्काले आफ्नो जन्मदिनको अवसरमा चामल, तेल, तरकारी, स्याउ, सुन्तला  र फलफूल सहयोग  गरेको उनले बताए । यसैगरी धनगढीको एक्सिस विद्याश्रमकी प्रधानाध्यापक अनिता पन्त लगायत सम्पूर्ण शिक्षक शिक्षिकाले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भोजन सेवाका लागि नगद १२ हजार सहयोग गरेको अभिभावक पनेरुले बताएका छन् ।...

कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले सेवा लिए 

समाचार
गुलरिया - कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर  मंगलबार सम्पन्न भएको छ ।  पौष १ गते वडा न.१ को कुमगडाबाट शुरु भएको आँखा शिविर पौष १७ गते वडा न.९ को आधारभुत स्वास्थ्य केन्द्र राजघाटमा गएर सकिएको छ ।  निशुल्क आँखा शिविरमा पाँच हजार ७ नगरबासीले घर दैलौमै सेवा लिएका छन्  । नगरपालिकाले ९ वटै वडाका १२ स्वास्थ्य युनिट र भौगोलिक हिसाबले विकट मानिएको वडा न.१ कुमगडा गरेर १३ स्थानमा आँखा शिविर संचालन गरिएको हो । आँखा शिविरमा एक हजार पाँच सय ३९ जनालाई नजिकको चश्मा प्रदान गरिएको छ भने ६ सय १३ जनालाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको छ ।  सल्यक्रियाका लागि सिफारिस गरिएका ६ सय १३ जनाको धनगढी नेत्रालयले निशुल्क सल्यक्रिया गर्ने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्टले जानकारी दिए ।  ...

जनशक्ति अभावमा डडेल्धुरा अस्पतालको सीटी स्क्यान सेवा बन्द

समाचार
डडेल्धुरा - मेडिकल सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान सेवा बन्द भएको छ ।  रेडियोलोजिष्टको अभावमा तीन महिना यता सीटी स्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले बताए । रेडियोलोष्टि यहाँबाट सरुवा भई गएपछि सीटी स्क्यान सेवा बन्द भएको उनले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाएका थिए । उनले १६ महिना काम गरे । उनले भने, ‘‘छात्रवृत्तिमा अध्ययन गरेकाले कम्तिमा एक वर्ष दुर्गममा काम गर्नुपर्ने प्रावधान छ ।’’ उनले करिब डेढ वर्ष काम गर्नुभयो र यहाँबाट सरुवा माग्नुभयो । ऊनी गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट पठाउन सकेको छैन । त्यसकारण करिब तीन महिना यता अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ । सीटी स्क्यान गराउन डडेल्धुरा लगायत ...

सुदूरपश्चिमबाट राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनका आकांक्षी उम्मेदवार धेरै

समाचार
कैलाली - माघ ११ गते सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन दलका आकांक्षी उम्मेदवार धेरै देखिएका छन् ।  सुदूरपश्चिममा तीन पदका लागि नेपाली कांग्रेसले ८२ जना र नेकपा (माओवादी केन्द्र)ले २१ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ ।  जिल्ला तहबाट सिफारिस भएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाहले बताए ।  सत्तागठबन्धनमै रहेका नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा गठबन्धनको निर्णयपछि मात्रै आफूहरूले उम्मेदवारको टुङ्गो लगाउने बताएका छन् ।  सत्ता गठबन्धनका चार दलले तालमेल गरेर निर्वाचनमा होमिने तयारी गरिरहेका बेला नेकपा एमाले र राप्रपाले भने अहिलेसम्म एकल लड्ने गरी तयारी गरेका छन् । राप्रपाले प्रत्येक क्लस्टरबाट तीन–...

यूएईमा सवारी दुर्घटनामा परी बैतडीका २३ वर्षीय युवकको मृत्यु 

समाचार
बैतडी - बैतडीका एक युवकको संयुक्त अरब इमिरेट्स (यूएई) मा गाडी दुर्घटनामा परी मृत्यु भएको छ । रोजगारीको शिलशिलामा एक महिना अगाडी मात्रै संयुक्त अरब इमिरेट्स (युएइ) पुगेका जगदीश महराको मृत्यु भएको हो । पुर्चौडी नगरपालिका- १० बिजयपुर महरा गाउँ घर भएका २३ वर्षीय जगदीश महराको गाडीको ठक्करबाट  मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । आइतबार उनलाई  गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भान बहादुर महराले जानकारी दिए ।...

केएमसीका विद्यार्थीद्वारा मानवसेवा आश्रम कैलालीलाई सहयोग 

समाचार
धनगढी - केएमसीका विद्यार्थीले मानवसेवा आश्रम कैलालीलाई सहयोग गरेका छन् । कैलाली बहुमुखी क्याम्पसमा बिएड चौथो वर्षमा अध्ययनरत  विद्यार्थीले शैक्षिक भ्रमणमा बचेकाे रकम मानवसेवा आश्रममा सहयोग गरेका हुन् । विद्यार्थीहरुले  शैक्षिक भ्रमणमा बचेकाे १० हजार रुपैयाँ सहयोग गरेको आश्रमले जनाएको छ ।

हुँदैन शान्ति नगएसम्म बुद्धको बाटोमा

समाचार
सर्जक, लवदेव धामी (लव) झ्याउरे लयमा : देश, आमा र छोरा हे मेरी आमा के पायौ छोरा बनाउन विदेशी। को जान्थ्यो विदेश मेरो यो देशमै भविष्य भएसी।। न पैसा मेरो न भयो शक्ति पाउन रोजगारी। विदा देउ भन्छ यो तिम्रो छोरो ति आँशु नझारी।। पुगेछु भने के गरी खाडी फेर्नेछु त्यो चोलो। एक दिन आउँछ संसार सबै भन्छनि छ गोलो।। कोहीले बेच्ने कोहीले किन्ने नेपाल आमालाई। अकालमै मरे बचाउन खातिर ति मेरा दाजुभाइ।। मारेकै थिए हटाउन राजा हे आमा वीर छोरा। ल्याएर पनि यो गणतन्त्र भाषण त छन् कोरा।। सत्तामा पुग्न मर्ने र मार्ने आमाको काख खाली। के चाहियो अब भन ए बाबु गणतन्त्रलाई फाली।। चल्दैन बन्दुक देशैका रक्षक मार्दा त कसैले, गोली नै खाए यी मेरा छोरा बोल्दा त अहिले।। न राम्रो शासन न छोरा रह्यो न मलाई जोगायौँ । भन ए दलाल भ्रष्टाचारी को बाट के पायौ ।। हुँदैन शान्ति नगए सम्म ब...

बैतडीका ३५ वर्षीय नरेश डडेल्धुरामा मृत फेला

समाचार
धनगढी - डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् ।  जिल्लाको अमरगढी नगरपालिका- ८ मा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन् । मृत फेला पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-३ का ३५ वर्षीय नरेश नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका  प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिइएको छ । नाथ लामो समयदेखि श्रीमतीसँग डडेल्धुरा बस्दै आएका थिए । उनकी श्रीमती मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । मृतक नाथको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिएको छ । ...

बैतडीमा जीप दुर्घटना हुँदा ३ जना घाइते

समाचार
बैतडी - बैतडीमा जीप दुर्घटना भएको छ । जिल्लाकाे पञ्चेश्वर गाउँपालिका–४ को आम्चौराबाट मेलौलीतर्फ आउदै गरेको ना २ च ४५५१ नम्बरको जीप गाउँपालिकाको कार्यालय नजिक दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । उनिहरुको उद्धार भइरहेको स्थानीय एवम् पञ्चेश्वर गाउँपालिकाका पोषण स्वयंसेवक नारायणराम सार्कीले जानकारी दिए । उकालोसहितको मोडमा टर्निङ नपुगेर दुर्घटना हुन पुगको बताइएको छ । जीप माथिल्लो मोडबाट तल्लो सडकमा खस्न पुगेको हो । प्रहरीको टोली घटनासथलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।...

बझाङ-काठमाडौं रुटमा स्तरीय बस सेवा शुरु 

समाचार
काठमाडौं - सार्बजनिक यातायातमा नेपालकै अग्रणी संस्थाको रुपमा स्थापित सुन्दर सुदुरपश्चिम यातायात प्रालिले आजदेखी बझाङ-काठमाडौं रुटमा स्तरीय सेवा सहितको एसी बस संचालनमा ल्याएको छ ।  बस सेवाको आज बझाङ जिल्लाका जिल्ला समन्वय समितीका उपप्रमुख कृष्ण बिष्ट र जय पृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले उद्घाटन गरेका छन् ।  तराईका रुटहरुबाट स्तरीय सेवा दिदै आएको प्रालिले आजबाट पहाडी क्षेत्रका यात्रुहरुलाई समेत स्तरीय सेवा दिन पाउदा खुशी लागेको प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।  २०४० सालदेखि सार्वजनिक यातायातको सेवा दिदै आएको प्रालिले हाल धनगढीबाट देशका सबैजसो स्थानहरुमा स्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउदै अध्यक्ष सापकोटाले छिट्टै बाजुराबाट समेत एसी बस सेवाको शुभारम्भ गरिने प्रतिबद्धता जनाए ।...

प्रधानमन्त्री कपकाे उपाधि एपीएफलाई, काेशी ११ रनले पराजित

समाचार
काठमाण्डाैं – सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ ।  आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे । एपीएफले दिएकाे १ सय १५ रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्याे ।  काेशीका लागि  कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायाे ।  एपीएफका लागि इन्दु बर्माले ५३ रन बनाइन् । बलिङतर्फ काेशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । यस्तै एलिशा खडियाले २ विकेट लिइन् ।...

सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारगारमा बन्दी

समाचार
आरएसएफ - पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् ।  गाजाक्षेत्रमा युद्धको त्रासदी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो सङ्ख्या भने कम हो ।  रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा सङ्कलित वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।  गाजामा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि पत्रकारको रूपमा काम गरेका कारण कम्तीमा १३ जना पत्रकार मारिएका छन् । योसहित मारिने पत्रकारको सङ्ख्या ५८ पुगेको हो । गाजा क्षेत्रबाहेक सन् २०२३ डिसेम्बर १ सम्म ४५ जना पत्रकारको ज्यान गएको थियो । यस अवधिमा विश्वभर ५२१ जना पत्रकार बन्दी जीवन बिताइरहेका छन् । यो सन् २०२२ को तुलनामा ८.४ प्रतिशतले कमी हो ।  विश्वव्यापी रूपमा हेर्दा लामो समयदेखि कामको क्रममा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा कमी आएको देखि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज