
बैतडी – बैतडीका एक युवकको संयुक्त अरब इमिरेट्स (यूएई) मा गाडी दुर्घटनामा परी मृत्यु भएको छ ।
रोजगारीको शिलशिलामा एक महिना अगाडी मात्रै संयुक्त अरब इमिरेट्स (युएइ) पुगेका जगदीश महराको मृत्यु भएको हो ।
पुर्चौडी नगरपालिका- १० बिजयपुर महरा गाउँ घर भएका २३ वर्षीय जगदीश महराको गाडीको ठक्करबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भान बहादुर महराले जानकारी दिए ।


