
बैतडी – बैतडीमा जीप दुर्घटना भएको छ ।
जिल्लाकाे पञ्चेश्वर गाउँपालिका–४ को आम्चौराबाट मेलौलीतर्फ आउदै गरेको ना २ च ४५५१ नम्बरको जीप गाउँपालिकाको कार्यालय नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जना घाइते भएका छन् । उनिहरुको उद्धार भइरहेको स्थानीय एवम् पञ्चेश्वर गाउँपालिकाका पोषण स्वयंसेवक नारायणराम सार्कीले जानकारी दिए ।
उकालोसहितको मोडमा टर्निङ नपुगेर दुर्घटना हुन पुगको बताइएको छ । जीप माथिल्लो मोडबाट तल्लो सडकमा खस्न पुगेको हो ।
प्रहरीको टोली घटनासथलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।