
धनगढी – डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको अमरगढी नगरपालिका- ८ मा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
मृत फेला पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-३ का ३५ वर्षीय नरेश नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।
नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिइएको छ ।
नाथ लामो समयदेखि श्रीमतीसँग डडेल्धुरा बस्दै आएका थिए । उनकी श्रीमती मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । मृतक नाथको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिएको छ ।