काठमाडौं – सार्बजनिक यातायातमा नेपालकै अग्रणी संस्थाको रुपमा स्थापित सुन्दर सुदुरपश्चिम यातायात प्रालिले आजदेखी बझाङ-काठमाडौं रुटमा स्तरीय सेवा सहितको एसी बस संचालनमा ल्याएको छ ।
बस सेवाको आज बझाङ जिल्लाका जिल्ला समन्वय समितीका उपप्रमुख कृष्ण बिष्ट र जय पृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले उद्घाटन गरेका छन् ।
तराईका रुटहरुबाट स्तरीय सेवा दिदै आएको प्रालिले आजबाट पहाडी क्षेत्रका यात्रुहरुलाई समेत स्तरीय सेवा दिन पाउदा खुशी लागेको प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।
२०४० सालदेखि सार्वजनिक यातायातको सेवा दिदै आएको प्रालिले हाल धनगढीबाट देशका सबैजसो स्थानहरुमा स्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउदै अध्यक्ष सापकोटाले छिट्टै बाजुराबाट समेत एसी बस सेवाको शुभारम्भ गरिने प्रतिबद्धता जनाए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३