Advertisement
Monday, May 19

कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले सेवा लिए 

Advertisement

गुलरिया – कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर  मंगलबार सम्पन्न भएको छ । 

पौष १ गते वडा न.१ को कुमगडाबाट शुरु भएको आँखा शिविर पौष १७ गते वडा न.९ को आधारभुत स्वास्थ्य केन्द्र राजघाटमा गएर सकिएको छ । 

निशुल्क आँखा शिविरमा पाँच हजार ७ नगरबासीले घर दैलौमै सेवा लिएका छन्  । नगरपालिकाले ९ वटै वडाका १२ स्वास्थ्य युनिट र भौगोलिक हिसाबले विकट मानिएको वडा न.१ कुमगडा गरेर १३ स्थानमा आँखा शिविर संचालन गरिएको हो । आँखा शिविरमा एक हजार पाँच सय ३९ जनालाई नजिकको चश्मा प्रदान गरिएको छ भने ६ सय १३ जनालाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको छ । 

सल्यक्रियाका लागि सिफारिस गरिएका ६ सय १३ जनाको धनगढी नेत्रालयले निशुल्क सल्यक्रिया गर्ने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्टले जानकारी दिए । 

पौष १ गते कुमगडाबाट शुरु भएको आँखा शिविरमा ६० जनाले सेवा लिएका थिए । जसमा २८ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने २ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो  । 

त्यसैगरी वडा न.१ कै दोमिल्ला र निगालिमा गरेर थप ७२० जनाले सेवा लिएका हुन । वडा न .२ का दुई स्थानमा आँखा शिविर संचालन गरिएको थियो त्यहाँ ८३८ जनाले सेवा लिँदा ३३९ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने १०५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । 

वडा न.३ मा ४२५ जनाले सेवा लिँदा १०५ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ३५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न.४ मा ६४९ जनाले सेवा लिँदा १७६ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ९९ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । 

वडा न.५ मा ५१६ जनाले सेवा लिँदा १३३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ७७ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न .६ मा ४२५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६२ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । 

वडा न .७ मा ४१३ जनाले सेवा लिँदा १०३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । 

वडा न ८ मा ४५५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५२ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो  र हिजो मंगलबार समापनका दिन वडा न.९ मा ५०० जनाले सेवा लिएका थिए । जसमा १३४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६७ जनलाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको हो ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरबासीले उत्साहका साथ निशुल्क आँखा शिविरमा भाग लिएको भन्दै खुशी व्यक्त गरे । उनले पछिल्लो समय नसर्ने रोगका कारण धेरैले अकालमै मृत्यु वर्ण गरिरहनु परेको भन्दै नसर्ने रोगहरु पहिचान होस् भन्नका लागि नगरपालिकाको स्वास्थ्य विशेषज्ञ टिम नागरिकका घर घरमा पुगिरहेको बताएका छन् । 

उनले आफू नागरिकको स्वास्थ्यप्रती चिन्तित रहेको भन्दै अघिल्लो वर्षको नागरिकसँग मेयर कार्यक्रमलाई निरन्तरता दिदै यसपटक विशेष गरि महिला लक्षित शिविर आङ खस्ने,पाठेघर सम्बन्धि समस्या,तल्लो पेट दुख्ने समस्यालाई मध्यनजर गर्दै छिट्टै निशुल्क शिविर संचालनमा ल्याइने बताए । 

आँखा शिविरमा नगरपालिकाले निशुल्क नजिकको चश्मा र औषधिको व्यवस्था गरेको थियो भने धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको हो । नगरपालिकाले अघिल्लो वर्ष पनि नेत्रालयसँग समन्वय गर्दै निशुल्क आँखा शिविर संचालन गरेको थियो ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आ...
सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गर...
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँ...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ ...
हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेक...
प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्...
अज यी प्रदेशमा चट्याङ सहित वर्षा

अज यी प्रदेशमा चट्याङ सहित वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको ...
स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज