बझाङमा मतगणना सुरु
बझाङ : बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ
छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो ।
शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।
बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन्। जिल्लाका ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। आइतवार दिउँसो १ बजेबाट मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेकोमा ढिलो गरेर मात्र सुरु भएको हो। शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ।
नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्...











