Advertisement

राष्ट्रिय विकास परिषदको बैठकमा मुख्यमन्त्री सोडारीको सम्बोधन ‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ’

Advertisement

सुदूूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेश विकासका सम्भावनाका एजेण्डा प्रस्तुत गरेका छन् । विहिबार बैठकलाई सम्बोधन गर्दै सोडारीले  सुदूरपश्चिम ५० को दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वि नेपालसंग जोडिएको स्मरण गराए । उनले भने त्यस अघिका दिनमा काठमाडौ लगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि समेत भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो, । त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भए पनि मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा बोल्दै सोडारीले भने–‘–सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि  ताक्लाकोटसम्मको सेती लोकमार्ग बनाउन जरुरी छ’ ।, सो सडक बनेपछि  तिव्वतसंग सुदूरपश्चिमको पहुँच पुग्ने छ, । सेती लोकमार्ग बनेपछि मानसरोबर जानका लागि नेपाली मात्र होइन भारितय पर्यटकलाई समेत सजिलो हुनेछ । सो सडक सञ्चालनसंगै व्यापारिक नाका पनि खोल्नु पर्छ जसले चिनियाँ सामान सस्तोमा पाउन सकिने छ भने हाम्रा जडीबुटी लगायतका उत्पादन पनि चीनलाई बेच्न सकिने छ ।, मुख्यमन्त्री सोडारीले थपे–‘सुदूरपश्चिमका धेरै नागरिक अहिले पनि सस्तो ज्यालामा भारतमा काम गरिरहेका छन् । त्यसैले सुदूरपश्चिममा औद्योगिकरण गरेर नेपालीहरुलाई नेपालमै रोजगार दिने वातावरण बनाउनुपर्छ । त्यसका लागि ठुला उद्योग, कलकारखाना र पाँच तारे स्तरका होटल निर्माण र सञ्चालनमा व्यवसायीलाई आकर्षित गर्ने नीति नियम बनाउन आवश्यक छ ।

सुदूरपश्चिमको जडीबुटी खेर गइरहेको त्यसको सदुपयोग गरेर उद्योग बनाउन जरुरी छ । मुख्यमन्त्री सोडारीले भने–‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ । सुदूरपश्चिममा पनि कैलाली–कञ्चनपुरमा  विकास बढी केन्द्रीत हुँदा पहाडीका बस्ती खाली भएको छन् । जनसंख्याको सन्तुलन मिलाउन सके पहाडी जिल्लाको बसाई सराई रोकिन सक्छ । त्यसका लागि पनि नीति नियम आवश्यक छ ।  खप्तड, बडीमालिका, रामारोशन, अपिसाइपाललगायत धार्मिक र पर्यटकीय क्षेत्र हुन । ती क्षेत्रमा पर्यटकीय गतिविधि बढाएर जनताको आम्दानी बढाउने काम गर्नुपर्छ । खप्तडदेखि रारासम्मको राष्ट्रिय पदमार्गलाई अघि बढाउन पनि जरुरी छ  । कर्नाली , सेती, महाकालीको पानी खेर गयो । सुदूरपश्चिमलाई सूचना प्रविधि क्षेत्रको हव बनाउनुपर्छ । त्यसो हुँदा सूचना प्रविधि पढ्नका लागि भारत र नेपालका विभिन्न शहरमा गएर महंगोरुपमा पढ्नु पर्ने वाध्यता अन्त्य हुने छ । सुदूरपश्चिममा कर्णाली, सेती नदीबाट बिजुली उत्पादन गर्ने वातावरण बनाउन संघीय सरकारले विशेष पहल थाल्नुपर्छ ।

उनले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर भारतको दिल्ली लगायतका शहरसंग जोड्नु पर्ने बताए । मुख्यमन्त्री प्रधानमन्त्री प्रचण्डलाई इंगीत गदै भने – अहिले पनि ठुला अस्पताल नहुँदा बिमारी भारत  र काठमाडौ लैजानु पर्ने बाध्यता छ त्यसका लागि संघीय सरकारले विशेष योजना बनाउनुपर्छ । त्यसका लागि गेटको दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउन आवश्यक कानुन बनाएर पर्याप्त बजेट विनियोजन गर्नुपर्छ ।

 सुदूरपश्चिमले जंगल जोगाएर जलवायु परिवर्तन नहुन दिनका लागि ठुलो टेवा पुगाएको छ । जंगल जोगाएर जनतालाई जलवायु अनुकलन मैत्री काममा परिचालन गर्न विषेश योजना आवश्यक छ । उच्च जलवायु परिवर्तनबाट हुने क्षति न्युनिकरणका लागि सुदूरपश्चिममा वायुप्रर्दुषण मापन केन्द्र स्थापना गर्न जरुरी छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज