Advertisement

बझाङ कृषि विकास बैकमै लुटतन्त्र

Advertisement


बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकामा रहेको कृषि विकास बैकमै लुटतन्त्र हुन थालेको छ ।

बड्डीज्यावनका ५८ वर्षीय नरुवा बोहरा लगायत सोही गाउँका १५ जना गत चैत्र २५ गते खाता खोल्न भन्दै बुंगल नगरपालिकाको झापामा रहेको कृषि विकास बैंकमा पुग्नुभयो । जहाँ सेवाग्राहीको भिडभाड र चाप भएका कारण बैंक कार्यालय बाहिरनै दुई वटा लाइन लगाइएको थियो ।

बोहरा लगायत उक्त गाउँका स्थानीयहरू नगरपालिकाबाट सञ्चालन हुने सुरक्षित नागरिक आवास कार्यक्रममा छनोट भएको भएर पालिकाले बैंकमा खाता खोलेपछि मात्रै सुरक्षित आवास निर्माणका लागि रकम भुक्तानी दिने भनेपछि उहाँहरूले बैंकमा खाता खोल्नैपर्ने बाध्यता थियो ।

५८ वर्षीय बोहरा लगायत बड्डीज्यावन सबै नागरिकहरू खाता खोल्नको लागि बैंक बाहिरै दिनभर पालो कुरेर लाइनमा बस्नुभयो, तर उहाँहरूको पालो बैंक बन्दहुने समयसम्म पनि पुगेन । बैंक भित्रका कर्मचारीसँग चिनजान भएका अन्य कर्मचारी लगायत पहुँच भएकाहरूलाई भने लाइनमा नै नबसी बैंक भित्र प्रवेश गर्न दिइन्थ्यो ।

चिनेजानेका र आफ्ना आफन्त बाहेक अरु सर्वसाधारणलाई सुरक्षा गार्डले बैंक भित्रनै प्रवेश गर्न नदिने गरेको उहाँले गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, कोही कोही व्यक्तिहरू एक जना भित्र पसेर आफ्नाहरु ८/१० जनाको पनि काम गरिदिन्छन् । ‘हामी जस्ता सर्वसाधारणले भने सधैँ लाइनमा बसेर पनि पालो आउँदैन । उमेरले पनि वृद्ध भइसकेका बोहरा लगायतका स्थानीय चैत्र महिनाको टन्टलापुर गर्मीमा दिनभर लाइन कुरेर पनि पालो नपाएपछि साँझतिर बैंकका सुरक्षा गार्डले कार्यालय समय सकिएकाले आज काम नहुने भन्दै घर जान आग्रह गरे ।

दिनभर गर्मीमा पसिना बगाएर पनि आफ्नो पालो नआएपछि निरास भएका बोहराले जसरी पनि आफ्नो काम गरिदिन त्यहाँका कर्मचारीलाई आग्रह गर्नुभयाे, तर बैंकका कर्मचारीले भने कार्यालय समय सकिएको भनेर आज काम गर्न नसकिने र काम गर्नै परेपनि कार्यालय समय भन्दा बाहिर (ओभर टाइम ) काम गरेको पैसा सेवाग्राहीले तिर्नुपर्ने बताएकाे उहाँकाे आराेप छ ।

बड्डीज्यावनबाट बैंक कार्यालयसम्म पुग्न ५ घण्टा पैदल हिँड्नुपर्ने हुन्छ । आफूहरूले खाता खोल्नका लागि फाराम भनेर बैंकमा दिएर समय भएको बेला खाता खोलिदिन कर्मचारीहरू सँग बिन्ती बिसाएपनि कर्मचारीले फाराम समेत बुझ्न नमानेको स्थानीय जित धामीले बताउनुभयो ।
खाता खोल्नै पर्ने भएकाले बैंकका कर्मचारीले (ओभर टाइम ) काम गरेको पैसा सेवाग्राहीले तिर्नुपर्ने भनेपछि आफूहरू १० जनाले प्रतिव्यक्ति चार सय रुपैयाँ उठाएर ४ हजार रुपैयाँ कर्मचारीलाई दिएपछि कर्मचारीले खाता खोल्ने काम गरेकाे उहाँको भनाइ छ ।

कुनै पनि बैंकमा खाता खोल्दा सेवाग्राहीले पैसा तिर्नु नपर्ने व्यवस्था भएपनि कृषि विकास बैंक बुंगल शाखाले भने ओभर टाइम काम गरेको भन्दै सेवाग्राही बाट पैसा लिने गरेको आरोप छ । कर्मचारीको लापरबाही गर्ने गरेको कारण सेवाग्राहीलाई झनै सास्ती भोग्नु परेको छ ।
पैसा तिरेर खाता खोली दिएका केही स्थानीयको समेत खाता खोल्दा कर्मचारीले त्रुटि गरेको पाइएको छ । बड्डीज्यावनकै स्थानीय जित धामीको थर चेकबुकमा बोहरा बनाइएको छ भने नरुवा बोहराको थर धामी बनाइदिएको छ । चेकबुकमा खाता नम्बर १६ अंकको हुनुपर्नेमा कुनै कुनै स्थानीयको १५ अङ्कको मात्रै खाता नम्बर चेकबुकमा लेखिएको छ । कर्मचारीले गरेको सोही त्रुटि सच्याउन पनि सेवाग्राहीले चर्को गर्मीमा लाइनमा नै बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । यसरी कर्मचारीको लापरबाहीले गर्दा बैंकमा सेवालीन आउने सेवाग्राहीले झनै सास्ती खेप्नु परेको स्थानीय नरपति धामीले बताउनुभयो । बड्डीज्यावन वासीको जस्तै दुःख दर्जनौँ सेवाग्राहीले भोगिरहेका छन् । आफूले बैंकमा जम्मा गरेको पैसा साट्न पाइँदैन, बैंकमा नगद पैसा नभएको भन्दै बुंगल नगरपालिकामा रहेको कृषि विकास बैंक बुंगल शाखाका सेवाग्राहीले आफूले बैंकमा जम्मा गरेको रकम पनि साट्न नपाएको गुनासो गर्ने गरेका छन् । सँधै जसो बैंकले नगद पैसाको अभाव देखाउँदै ५० हजार भन्दा ठुलो चेक साट्न नमान्ने गरेको एक स्थानीय मान बहादुर बोहराले बताउनुभयो । ‘उहाँले भन्नुभयो ‘आफूले बैंकमा जम्मा गरेको रकम पनि साट्न पाइदैन ,बैंकमा जहिले पनि पैसानै हुँदैन । ५० हजार सम्मको चेक साट्न पनि चैनपुर नै जानुपर्ने हुन्छ ।’

नगरपालिकामा एउटा मात्रै बैंक भएको कारण कर्मचारीको तलब ,नगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता लगायतका कारोबारहरू पनि बैंक मार्फत नै सञ्चालन हुने गरेका छन् । बैंकमा सेवाग्राहीको चाप, कर्मचारी अभाव र कर्मचारी तथा सरोकारवालाको लापरबाहीका कारण बुंगल नगरपालिकाको दुर्गम गाउँ बड्डीज्यावन, गनै, दहबगर, मजिउने लगायत टाढाटाढाबाट आउने सेवाग्राहीले बढीनै सास्ती खेप्नुपरेको छ ।

कृषि विकास बैंक बुंगल शाखामा अहिले १८ हजार बन्दा बढी सेवाग्राहीका खाता सञ्चालनमा रहेको कृषि विकास बैंक बुंगल शाखाका प्रबन्धक दिनेश न्यौपानेले बताउनुभयो । उहाँले खाता खोल्न पैसा कर्मचारीले लिए भनेको दिन चैत्र २५ गते आफू कार्यालयमा नरहेको र कार्यालयकै कामकाजका लागि धनगढीमा रहेको कारण यस विषयमा थाहा नपाएको बताउनुभयो । उहाँले खाता खोल्दा पैसा लिएको भए कर्मचारी सँग बुझेर पैसा फिर्ता गराउने पनि बताउनुभयो । दुर्गम भएका कारण कर्मचारी बैंकमा बस्न नमान्ने र कर्मचारी अभावका कारण सेवा प्रवाह गर्न समस्या हुने गरेको उहाँको भनाई छ ।

‘उहाँले भन्नुभयो, ‘सेवा प्रवाह सहज बनाउनका लागि काम गरि रहेको छु । अहिले १८ हजार बन्दा बढी सेवाग्राहीका खाता सञ्चालनमा छ । नगद जम्मा गर्ने ग्रहाक भन्दा पैसा झिक्ने ग्राहक बढी भएका कारण कहिलेकाँही ठुलो रकम साट्न पैसाको अभाव हुने गरेको छ ।’ उहाँले भन्नुभयाे, ‘बैंकमा ४ जना कर्मचारी हुनुपर्नेमा अहिले ३ जना मात्रै छौं ।’ आफू कर्मचारी भर्नाकै लागि पहल गरिरहेको र अबको केही हप्ता भित्रै एक जना कर्मचारी सरुवा भएर बैंकमा आउन लागेको उहाँले बताए ।

उत्तम कुमार थापा

उत्तम कुमार थापा यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज