Advertisement
Wednesday, June 18

“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

Advertisement

तीन वर्ष नपुग्दै बुबालाई गुमाएका देवीदत्त कँडेलको संघर्ष धर्तीमा टेकेदेखि नै सुरु भयो । उनले जन्मदिने बुबाको मुहारसम्म पनि सम्झने गरी देख्न पाएनन् । उनलाई गरिबीले च्याप्नु च्याप्यो । अभावले थिच्यो । गरिबी र अभावकै बीच जेनतेन उनको दैनिकी चलिरहेको थियो । बुबा गुमाउनुको पीडा बिर्सन नपाउँदै कँडेललाई अर्को बज्रपात आइलाग्यो ।


कुरो २०३९ सालतिरको हो । ७ कक्षामा अध्ययनरत रहँदै गर्दा उनी धेरै पढ्ने र देशमै केही गर्ने सपनाहरू सजाउँदै थिए । तर, दैवको लीला १४ वर्षको कलिलो उमेरमै उनले आफ्नो बायाँ हात गुमाउनुपर्‍यो ।


रुखबाट लडेर हात भाँचिएपछि उपचारका लागि उनले धेरै सास्ती खेपे । यातायात र आवश्यक खर्चको जोहो समयमै नहुँदा कँडेलको उपचारमा विलम्ब हुन पुग्यो । फलतः उनले आफ्नो हात सदाका लागी गुमाउनुपर्‍यो ।
बुबा गुमाएर बैसाखी गुमाएको जस्तै भएको उनको परिवार थप समस्यामा पर्‍यो । उनका कलिला सपनाहरू निमोठिए । उनीसँगै उनका परिवारको आशामा तुवाँलो लाग्यो । आर्थिक अवस्था झनझन नाजुक हुँदै गयो ।
पढ्ने लेख्ने सपना नै रोकिन थालेपछि २०५१ सालमा उनले बासुलिङ सुगर मिलमा मजदुरीको काम थाले । गौरीगंगा नदीबाट सुगर मिलमा दिनभर गिट्टी र बालुवा अनलोड गरेरै उनको दैनिकी बित्थ्यो । केही समय बालुवामा नङ्ग्रा खियाएर ६० हजार रुपैयाँ जति बचत गरेको उनलाई सम्झना छ । त्यो जीवनकै पहिलो कमाइ थियो । जे होस् सानो पुँजी संकलन भयो । उनले सानैबाट लगानी सुरु गरे ।


कँडेलले पसिना बेचेर कमाएको रकमले राजीपुरमा धान गहुँ खरिद गर्ने र बिक्री गर्ने गल्लाको काम सुरु गरे । पानीको थोपा जस्तै गरी बचत संकलन हुँदै गयो । धेरै वर्षदेखिका अभाव र निराशाहरू आशामा परिणत हुन थाले । कामप्रतिको लगाव र धैर्यताका कारण उनको व्यापार फस्टाउँदै गयो । वचनमा इमानदारिता भएकै कारण उनले धेरैको विश्वास जिते ।


विस्तारै दुःखका दिन फेरिँदै गए । संघर्षबाटै हुर्केका उनी समस्यासँग कहिल्यै भागेनन् । बरु जुधे । समाजलाई उनले विश्वास दिए, समाजले उनलाई माया दियो । फलतः कँडेललाई झण्डै डेढ दशक गौरीगंगामा रहेको कालीका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्ने मौका मिल्यो ।


उनै कँडेलले लामो समय बिताएको विद्यालय आज जिल्लाकै उत्कृष्ट र प्रतिष्ठित सरकारी विद्यालयको रुपमा धेरैले चिन्छन् । कालीकाका धेरै उत्पादन देशका विभिन्न क्षेत्रमा उच्च स्तरसम्मै पुगेकोमा उनी गर्व गर्छन ।


शिक्षा विभागबाट सम्मानित
डोटीको बडिकेदार गाउँपालिकामा जन्मिएका कँडेल कुशल व्यवस्थापकको रूपमा शिक्षा विभागबाट सम्मानित भइसकेका छन् । कालिका माध्यमिक विद्यालयको अध्यक्ष हुँदा सुदूरपश्चिममै उत्कृष्ट विद्यालय व्यवस्थापन गरको भन्दै उनी विभागबाट सम्मानित भएका हुन् । जिल्ला शिक्षा समिति र सामुदायिक वन तथा अन्य सामाजिक संस्थाहरूमा उनको लामो अनुभव र ठूलो योगदान छ ।


२०५४ सालताका नै राजनीतिक रूपमा संलग्न रहेका कँडेल ०६४ देखि सक्रिय राजनीतिमा छन् । लामो समयदेखि नेकपा माओवादी केन्द्रको विभिन्न तहमा बसेर उनले कुशल नेतृत्व प्रदान गरेकै कारण पार्टीभित्र र बाहिर उनको लोकप्रियता बढ्दो छ ।


‘निष्ठा र इमान्दारीता मेरो कर्म र धर्म हो,’ कँडेलले भने ‘जीवनमा सिकेका सीप अनुभव र सङ्घर्षबाट आर्जेका सबै उपलब्धि र ज्ञान गाैरीगङ्गा नगरबासिको विकासमा समर्पित गरीरहेकाे छु ।
’उहाँ भन्नू हुन्छ
‘सबैले गर्व गर्नलायक नगर बनाउने मेरो ठूलो सपना छ ।’

हंसराज साउँद (हिमाल)

हंसराज साउँद (हिमाल) यस कामना टेलिभिजन र कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा कैलाली जिल्लाको पुर्वी क्षेत्र गौरिगंगाबाट शाखा प्रमुखको रुपमा काम गर्नुहुन्छ । उहाँ विभिन्न सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरा — डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्युपछि डडेल्धुराको स्याउले बजारमा चक्का जाम गरिएको छ। सुदूरप...
देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशका अधिकांश भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसा...
ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह  खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्प...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ...
विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रश...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक ...
महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफ्नो कार्यकालभरि महिलाका एजेन्डालाई प्रा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज