Advertisement

हाम्रो बारेमा

केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केदारस्यूँ गाउँपालिका– १ देउरामा निर्माण भइरहेको अत्याधुनिक प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको हो। हाल सम्म सुविधा सम्पन्न जिल्लामै सबैभन्दा ठूलो पाँचतले प्रशासनिक भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पालिकाले जनाएको छ । भवन निर्माणको भौतिक कार्य सबै सकिएको छ भने लिप्ट जडान र फलामे सिडि जडान कार्य बाँकी रहेको गाउँपालिकाका सब-इन्जिनियर लोकराज पाण्डेले कामना टुडेसँग बताए । दुई वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरि एल.बि एण्ड एबी बुल्डर्सर प्रालि धनगढी कैलालीले २०७९ मंसिर २१ गते ६ करोड ८० लाख ४५ हजार ३ सय ३२ रुपैयाँ ८८ पैसामा जिम्मा लिएको थियोे । तर निर्माण कम्पनीले तोकिएको समयमा भवन निर्माण गर्न नसकेपछि दुई पटक म्याद थपको माग गर्दै अहिले निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको हो ...
बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने, सुदूरपश्चिममा ६ र देशभर २३ इलाका प्रशासन थपिँदै

बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने, सुदूरपश्चिममा ६ र देशभर २३ इलाका प्रशासन थपिँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सरकारले सेवा प्रवाहमा सहज ल्याउन बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बझाङको देउरा सहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ। प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ। बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने भन्ने खबर आएपछि केही समय अघि झोताबासीले झोतामा इलाका प्रशासक कार्यालय हुनुपर्ने माग राखेका थिए । नापी पालपोत कार्यालय झोता भएको र इलाका प्रशासन कार्यालय पनि झोतामै हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए । केहीले व्यक्तिले भने भूगोलका हिसाबले सबैलाई पायक पर्ने देउरा भएकाले देउरामा नै इलाका प्रशासन कार्यालय हुनुपर्ने माग गर्दै आएका थिए । अन्ततः सरकारले इलाका प्रशासन कार्यालय देउरामै स्थापना गर्ने निश्चित गरेक...
आज पनि वर्षाको सम्भावना

आज पनि वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
  काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाले सम्भावित वर्षाका कारण आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।...
आज हरितालिका तीज

आज हरितालिका तीज

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीज आज सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाइरहेका छन्। बिहानै स्नान गरी निराहार, जलाहार वा फलाहार गरी व्रत बस्ने र साँझ उमामहेश्वरको पूजा–कथा गर्ने परम्परा छ। पौराणिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले कठिन तपस्यापछि महादेवलाई वर पाएकी थिइन्। त्यसैले विधिपूर्वक तीज व्रत बस्दा मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। विवाहिताले पति–सन्तानको सुस्वास्थ्य र सौभाग्यका लागि, अविवाहिताले असल पतिको प्राप्तिका लागि यो व्रत बस्ने चलन छ। पशुपतिनाथ, गोकर्णेश्वर, कुम्भेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा आज श्रद्धालुको घुइँचो लागेको छ। तीजको अघिल्लो दिन ‘दर’ खाने, दिदीबहिनीहरू माइती घरमा भेला भई नाचगान गर्ने र दुःख–कष्ट पोख्ने परम्परा पनि जीवित छ।...
बझाङको केदारस्यूँ गाउँपालिका सम्मानित

बझाङको केदारस्यूँ गाउँपालिका सम्मानित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका सम्मानित भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम स्थान हासिल गरेको भन्दै पालिका सम्मानित भएको हो । आइतबारदेखि सुरु भएको नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८१ -०८२ को वार्षिक समिक्षा गोष्ठी मार्फत सोमबार ७९ दशमलव ७५ अंकसहित जिल्लामै संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो स्थान हासिल गरेको केदारस्यूँ गाउँपालिकालाई सम्मान गरिएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री भानुभक्त जोशीले अझ जनमुखी, पारदर्शी र प्रभावकारी काम गर्न सुझाव दिनुभयो । यस्तै छबिसपाथिभेरा गाउँपालिका पनि सम्मानित भएको छ । स्थानीय तह विक्तीय सुशासन जोखिम मुल्याङ्कन जिल्लामै प्रथम स्थान हासिल गरेको भन्दै सोही कार्यक्रम मार्फत सम्मान गर...
जगन्नाथ माविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ खेती सुरु

जगन्नाथ माविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ खेती सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ सैन्स्सुस्थित जगन्नाथ माध्यमिक विद्यालयमा च्याउ खेती कार्यक्रमको सुरुवात गरिएको छ । सोमबारदेखि औपचारिक रूपमा पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत च्याउ खेती कार्यक्रमको सुरुवात गरिएको हो। यस अभियानलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका युवा नेता भरत बहादुर मल्लको विशेष पहलमा अघि बढाइएको हो। विद्यालयले कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीलाई आत्मनिर्भर बनाउन र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यका साथ च्याउ खेतीलाई प्राथमिकता दिएको विव्यस अध्यक्ष मल्लले कामना टुडेसँग बताए । केही समय अघि विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी पाएका मल्लले पालिकामै पहिलोपटक विद्यालय स्तरमा च्याउ खेती कार्यक्रमको सुरुवात गरेका हुन् । पालिकामा अहिलेसम्म कुनै पनि विद्यालय व्यवस्थापन समितिले विद्यार्थीलाई आत्मनिर्भर तर्फ जोड्नका लागि काम गरेको देखिएको छैन,...
जयपृथ्वी जन्मजयन्तीको अवसरमा आयोजित भलिबल, नृत्य र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

जयपृथ्वी जन्मजयन्तीको अवसरमा आयोजित भलिबल, नृत्य र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
समीर कठायत, बझाङ- राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा छबिसपाथिभेरा गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय भलिबल, नृत्य तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। जयपृथ्वीनगर मेल्लेखस्थित सत्यवादी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा छात्र भलिबलतर्फ बान्निचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालय विजयी बन्दै प्रथम स्थान हासिल गरेको छ । द्वितीय सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वीनगर मेल्लेख र शान्ति माध्यमिक विद्यालय चौघानपाटा तृतीय भएको छ । त्यस्तै छात्रा भलिबलतर्फ पनि बान्निचौर साधारण तथा प्राविधिक मा.वि.ले प्रथम स्थान हात पारेको छ भने सत्यवादी मा.वि. जयपृथ्वीनगर मेल्लेख दितीय र जनप्रिय मा.वि. बगरगाउँ तृतीय भए। हाजिरीजवाफ प्रतियोगितामा बाठपाली मा.वि. प्रथम, बान्निचौर मा.वि. दितीय र थलारा मा.वि. तृतीय स्थानमा रहे। नृत्य प्रति...
आज तीजको दर खाने दिन

आज तीजको दर खाने दिन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हरितालिका तीजको अघिल्लो दिन आज देशभर दर खाएर मनाइँदै छ। दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार सेवन गर्दै रमाइलो गर्ने परम्परा रहिआएको छ। तीजको दिन निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन पौष्टिक खाना खाने चलन रहेको विश्वास गरिन्छ। एक दिन मात्र दर खाने परम्परा भए पनि हाल काठमाडौंलगायत शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ। साथै विभिन्न संघसंस्था र कार्यालयहरूले तीज मिलन कार्यक्रम आयोजना गर्ने प्रचलन बढ्दो छ। पौराणिक विश्वासअनुसार देवी पार्वतीले भगवान शिवलाई पति पाउन निराहार व्रत बसेपछि आफ्नो कामना पूरा भएको थियो। त्यसैको सम्झनामा विवाहित महिलाले पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै तथा अविवाहित महिलाले सुयोग्य बर पाउने आशामा तीजको व्रत बस्ने गर्छन्। तीजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा व्रतालुको ...
देशभर साधारण बदली, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

देशभर साधारण बदली, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा सक्रिय देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहँदा बाँकी भूभागमा आंशिक बदली देखिएको छ। यस क्रममा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थान, लुम्बिनी प्रदेश र अन्य प्रदेशका केही पहाडी तथा तराईका स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाख...
बझाङमा संस्थागत क्षमता स्वमूल्याङ्कनमा केदारस्यूँ गाउँपालिका प्रथम

बझाङमा संस्थागत क्षमता स्वमूल्याङ्कनमा केदारस्यूँ गाउँपालिका प्रथम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ- १२ वटा स्थानीय तह रहेको बझाङमा केदारस्यूँ गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कन प्रथम भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा ७९ दशमलव ७५ अंकसहित केदारस्यूँ गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कन प्रथम भएको हो । स्थानीय तहहरूको गुणस्तरपछि यहीँ भाद्र ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा सार्वजनिक गरेको थियोे । सो नतिजामा अनुसार मष्टा गाउँपालिका ७६ दशमलव ७६ अंकसहित दोस्रो भएको छ । त्यसैगरी जयपृथ्वी नगरपालिका ७२ दशमलव ५० अंकसहित तृतीय स्थानमा छ । त्यस्तै थलारा गाउँपालिका ७१ दशमलव ५०, बित्थडचिर गाउँपालिका ७० दशमलव ००, खप्तडछान्ना गाउँपालिका ६८ दशमलव ७५, तालकोट गाउँपालिका ६७ दशमलव ५०, छबिसपाथिभरा गाउँपालिका ६७ दशमलव २५, साइपाल गाउँपालिका ६४ दशमलव ००, दुर्गाथलि गाउँपालिका ६४ दशमलव ००, सुर्मा गाउँपालिका ६२ दश...
देशभर मनसुनी गतिविधि तीव्र, दुई प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी गतिविधि तीव्र, दुई प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिक रहेकाले देशभर मनसुनी गतिविधि बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको असरले मनसुन अझ सक्रिय हुने देखिएको हो। यसको प्रभावस्वरूप आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने र गण्डकीका पहाडी भूभागमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ। साथै, मधेस, कोशी र लुम्बिनी प्रदेशको तराईमा हावाहुरीको जोखिम पनि रहेको छ। बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा भारी वर्षा हुनसक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा ...
अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम अध्यक्षमा खत्री

अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम अध्यक्षमा खत्री

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा ललित खत्री निर्विरोध चयन भएका छन्। शनिबार धनगढीमा सम्पन्न महासंघको प्रथम सम्मेलनले खत्रीको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश समिति गठन गरेको हो। जिल्ला खेलकुद विकास समिति कैलालीका पूर्वअध्यक्ष खत्री नेतृत्वको समितिमा रघुबीर पार्की, चन्द्रबहादुर बोहरा र हिक्मतबहादुर शाही उपाध्यक्ष भएका छन्। त्यस्तै, सचिवमा सविन गिरी, सहसचिवमा जङ्गबहादुर डगौरा र कोषाध्यक्षमा वर्षा साउद निर्विरोध चयन भएका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज