Advertisement

हाम्रो बारेमा

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ ३१ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् । कैलाली सहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् ।...
बझाङमा भाइरल ज्वरो र डेङ्गुका बिरामी बढे

बझाङमा भाइरल ज्वरो र डेङ्गुका बिरामी बढे

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ : बझाङमा पनि ज्वरो आउने, रुघाखोकी र डेङ्गुका बिरामी बढेका छन् । यस्ता बिरामीको सङ्ख्या बढेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल बझाङमा हाल भाइरल ज्वरो रुघाखोकीका बिरामी बढेको अस्पतालका प्रमुख नवराज जोशीले बताउनुभयो । उहाँले पछिल्लो केही दिन यता बिरामीको संख्या दोब्बरले बढेको बताउनुभयो ‘अहिले भाइरलको सिजन भएकोले अस्पतालमा बिरामीको चाप बढेको छ’ उहाँले भन्नुभयो ‘ ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीका बिरामी बढेका छन ।’उहाँले यस्तो समस्या बच्चा देखि बुढा सम्म सबैमा देखिएको बताउनुभयो । उहाँका अनुसार हाल अस्पतालमा दैनिक १०० देखि डेढ सयको संख्यामा बिरामी आउने गरेका छन । अस्पतालमा हाल डाक्टरले बिरामी चेकजाँच गर्दै आएका छन् । बझाङका अन्य स्वास्थ्यसंस्थाहरुमा पनि अहिले भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । भाइरल ज्वरो आएका बिरामी...
लागु पदार्थ दुर्व्यसन न्यूनीकरणमा बालबालिकाको भुमिका?

लागु पदार्थ दुर्व्यसन न्यूनीकरणमा बालबालिकाको भुमिका?

कैलाली, मुख्य समाचार
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराको साथमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं 02 काे वडा कार्यालयको आर्थिक सहयोगमा, श्री जनसेवा माध्यामिक विद्यालय गणेशपुर र बाल अधिकार संरक्षण समिति वडा नं 02 काे आयोजनामा 59 औं राष्ट्रिय बाल दिवसकाे अवसरमा लागु पदार्थ दुर्व्यसन न्यूनीकरणमा बालबालिकाको भुमिका भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन भयाे। उक्त कार्यक्रममा प्रमुख अतिथिमा लम्कीचुहा कि उपमेयर जुना चौधरीले सुशासन र समुन्नत समाज निर्माण गर्न बालबालिकालाई यस विषयमा जनचेतनामुलक अभिवृद्धि कार्यक्रम गराएर मात्र निर्माण गर्न सकिन्छ भनेर बताउनु भयो। कार्यक्रममा कार्यक्रमका सभापति लम्कीचुहा नगरपालिका वडा नं 02 का वडा अध्यक्ष सन्तोष कुमार ओलीले मेरो चुनावी मुख्य नारा नै लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नु हो। मैले चुनावताका बेला बोलेको कुरा विभिन्न ठाँउ...
डेङ्गु बाट बच्न स्वास्थ्य कार्यालयकाे जनचेतनामूलक अभियान सहित गाेष्ठी सम्पन्न

डेङ्गु बाट बच्न स्वास्थ्य कार्यालयकाे जनचेतनामूलक अभियान सहित गाेष्ठी सम्पन्न

बझाङ, स्वास्थ्य
बझाङ / जिल्ला स्वास्थ्य कार्यालय बझाङले डेङ्गु बाट बच्नु विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएकाे जिल्लाकाे विभिन्न स्थानमा पछिल्लो समय फैलिएको डेङ्गु राेगलाई कसरी नियन्त्रणमा लिन सकिन्छ अर्थात यस राेगवाट बच्न सकिन्छ भन्ने शन्दर्भमा जिल्ला प्रशासनकाे सभाहलमा सराेकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरेको थियाे । विगत केही समय देखि देशभरि फैलिएको डेङ्गु राेगबाट बझाङ पनि अछुतो रहन सकेन । बझाङ जिल्लामा पनि डेङ्गु बिरामी बढ्दै गएको बताउदै जिल्ला स्वास्थ्य कार्यालयले यस बाट सबैलाई बच्न अनुराेध गरेकाे फाेकल प्रसन नारायण जाेशीले बताए । जाेशीका अनुसार हाम्रो जिल्लामा हामीले डाटा लिएका छाै । करीब २ सय भन्दा बढीमा यस्तो राेग देखा परेकाे छ । यसका विभिन्न चरणहरु हुन्छन । कतिपय हाम्रो स्वस्थ्य शाखा र जिल्ला अस्पतालमा सम्पर्क राख्छन भने कतिपय घरमै बसेर ठिक भएको देखिन्छ । नारायण जाेशीले फ...
जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन

जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन

बझाङ, स्वास्थ्य
बझाङ जिल्लामा जिल्ला स्तरीय स्वास्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन भएको छ । आज जिल्ला स्वास्थ्य कार्यालय बझाङकाे आयाेजनामा कार्यक्रम सञ्चालन भएको हाे । स्वास्थ्य कार्यालयकाे सभाहलमा जिल्लाका प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्य शाखा प्रमुखहरुकाे उपस्थितिमा कार्यक्रम गरिएको थियाे । सभाहलमा सञ्चालीत कार्यक्रममा जिल्ला भरिका सबै स्वास्थ्य शाखाले गरेको प्रगति विवरण र आगामी दिनमा कसरी जाने जनमानसमा स्वास्थ्य पहुँच लाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल हुने नारायण जाेशीले बताए । स्वास्थ्य कार्यालय बझाङले आयाेजना गरेको कार्यक्रममा तथ्यांक अधिकृत कटक बहादुर सार्कीले स्वागत मनतव्य सहित स्वास्थ्यमा कसरी सुधार गर्नु पर्छ भन्दै,विभिन्न समिक्षा कसरी गर्न सकिन्छ आगामी बर्षमा के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारे प्...
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । सोमबार राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्य...
बझाङमा एक महिला दुई हप्तादेखि बेपत्ता

बझाङमा एक महिला दुई हप्तादेखि बेपत्ता

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा एक महिला बेपत्ता भएकि छिन् । जिल्लाको मष्टा गाउँपालिका–५ द्वारीकी मिना बुढा यहीँ भदौ ७ गतेदेखि बेपत्ता भएकि हुन् । मिना यही भदौ ७ गते बिहान घरबाट मष्टा गाउँपालिका वडा नम्बर ३ सेरागाउँमा रहेको माइतीघर जान्छु भनेर घरबाट हिडेकी थिइन् । केही दिनमा घर नफर्किएपछि र्माइतीघरमा सम्पर्क गर्दा उता पनि नआएको भन्ने बुझिएको भतिजो नाता पर्ने सुन्दर बुढाले बताए । आफन्त सहित सबै ठाउँमा लगातार खोजी गर्दा समेत नभेटेपछि जिल्ला प्रहरी कार्यलय बझाङमा समेत खोजी गरिदिन माग गर्दै निवेदन दिएको परिवार स्रोतले जनाएको छ बेपत्ता महिलाका दुई छोरा र दुई छोरी रहेका छन् । यदि कसैले उनलाई कतै भेटे वा देखेमा नजिकैको प्रहरी अथवा 9843332785 र 9822110636 मा सम्पर्क गरिदिन समेत आफन्तको आग्रह छ ।...

भ्रष्टाचार गरेको आफैबाट खुलासा गर्ने वनका हाकिम भट्टलाई मुख्यमन्त्री शाह र भौतिकमन्त्री देउवाले किन च्यापे काखी ?

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
विभागिय मन्त्रीलाई अश्लिल गाली बेईज्जती गर्ने र मातहतका कार्यालयबाट घुस रकम आएको आफैले भिडियो मार्फत बोलेपछि विवादमा तानिएका सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टलाई मन्त्रालय तानिएको छ । विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट अवैध रकम असुली गरेको भिडिओ सार्वजनिक भएका वन निर्देशक भट्टलाई मन्त्रालय तानिएको हो । केही समयअघि भट्टले आफूले आफैंलाई भ्रष्ट करार गर्नेगरी जिल्लाका वन कार्यालयबाट पैसा उठाएको कुरा बोक्दै गरेको भिडिओ नै सार्वजनिक भएको थियो ।जबकी उनलाई कसैले आरोप नभई स्वयम आफैले मातहतका कार्यालयबाट रकम आएको आउन बाँकी रहेको विषय आफ्नै मुखबाट खुलासा गरेका थिए ।वन मन्त्रालयका निमित्त प्रमुुख जनक पाध्यायले भट्टलाई विभागीय कारवाहीका लागि स्पष्टिकरण माग्दै मन्त्रालय तानिएको पुष्टि गरेका छन । वन मन्त्रालयले भट्टले डिभिजन वन कार्यालय...
बाँकेमा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु

बाँकेमा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु

मुख्य समाचार, समाचार
गएराति बाँकेमा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा ३२ जना घाइते भएका छन् । दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा राति करिब ९ बजे ठोक्किएर दुर्घटना भएको थियो । मृत्यु हुनेमा बसमा सवार बर्दिया ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, सानुराम थारु, जयन्ती थारु र बसका चालक जोगेन्द्र चन्द शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले सीआईएनसँग बताउनुभयो । मृत्यु भएका सहचालकको विस्तृत विवरण खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । दुर्घटनाका घाइते ४ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको र बाँकीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।२ जना भने उपचारपछि घर फर्किएका छन् ।...
बझाङमा पनि मनाइयो २० औं निजामती सेवा दिवस

बझाङमा पनि मनाइयो २० औं निजामती सेवा दिवस

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा पनि २० औं निजामती सेवा दिवस मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी आज निजामती सेवा दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय बझाङको आयोजनामा प्रभातफेरीका साथै विभिन्न औपचारिक कार्यक्रम गरेर २० औं निजामती सेवा दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । दिवसको अवसरमा आज जिल्ला प्रशासन कार्यालयबाट चैनपुर बजारमा प्रभातफेरी कार्यक्रम, महिला कर्मचारीहरुको हन्डिफोर र जिल्लाब्यापी अन्तर कर्मचारी ब्याटमिन्टन प्रतियोगिता गरिएको छ । दिबसको अबसरमा कर्मचारी मिलन केन्द्र बझाङले सञ्चालन गरेको डबल ब्याटमिन्टन प्रतियोगिताबाट बिजेता टिमलाई पुरस्कार हस्तान्तरण सहित सम्मान गरिएकोे छ । ब्याटमिन्टन प्रतियोगितामा बिजेता टिमलाई प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेद्वारा नगद पुरस्कार सहित प्रमाणपत्र हस्ता...
नेपाल थाइल्याण्डसँग पराजित, ग्लोबल क्वालिफायर पुग्न असफल

नेपाल थाइल्याण्डसँग पराजित, ग्लोबल क्वालिफायर पुग्न असफल

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार
मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन् । थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक  १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३-३ विकेट लिइन् । नातया बुताथमले २ विकेट लिइन् । त्यसअघि बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियाे । सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक ...
आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस : अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी

आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस : अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी

अन्तर्राष्ट्रिय, मुख्य समाचार, शिक्षा
आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन दिवस मनाउने गरिन्छ । नेपालमा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ नाराकासाथ दिवस मनाइँदैछ । सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानकाे शुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ। मधेस प्रदेशका ८ जिल्ला धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, कालीकोट, हुम्ला र डोल्पा पूर्ण साक्षर जिल्ला घोषणा हुन सकेका छैनन् । अरु ६४ जिल्लालाई साक्षर घोषणा गरिएको छ । देशभर एक सय ६१ वटा पालिका साक्षर घोषणा हुन बाँकी छ । कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज