शिक्षकको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प
बझाङ : शिक्षकहरुको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन कार्य ठप्प भएको छ । नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलनको घोषणा गरेकाले आफूहरु पनि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ बझाङका सचिव कविराज जाशीले बताउनुभयो । शिक्षकहरुको आन्दोलनका कारण जिल्लामा ४४८ ओटा सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प भएको छ ।
सदनमा दर्ता भएको नयाँ शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएपछि विद्यालय अनिश्चितकालका लागि बन्द रहेका खप्तड मावि कालुखेतीका शिक्षक गोरख रोकायाले बताउनुभयो । महासंघको देशव्यापी कार्यक्रम अनुसार बझाङका विद्यालय पनि बन्द रहेका उहाँको भनाई छ । विद्यालय बन्द भएपछि बझाङका कक्षा १ देखि १२ सम्मका ७८ हजार ९६३ बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् ।
नयाँ विधेयकले शिक्षा क्षेत्र तहसनहस पार्ने शिक्षकहरुको आरोप छ । शिक्षा क्षेत्रकै हित विपरीत विधेयक आएकाले आफूहर...












