बझाङ : बझाङमा एक महिला बेपत्ता भएकि छिन् । जिल्लाको मष्टा गाउँपालिका–५ द्वारीकी मिना बुढा यहीँ भदौ ७ गतेदेखि बेपत्ता भएकि हुन् ।
मिना यही भदौ ७ गते बिहान घरबाट मष्टा गाउँपालिका वडा नम्बर ३ सेरागाउँमा रहेको माइतीघर जान्छु भनेर घरबाट हिडेकी थिइन् । केही दिनमा घर नफर्किएपछि र्माइतीघरमा सम्पर्क गर्दा उता पनि नआएको भन्ने बुझिएको भतिजो नाता पर्ने सुन्दर बुढाले बताए ।

आफन्त सहित सबै ठाउँमा लगातार खोजी गर्दा समेत नभेटेपछि जिल्ला प्रहरी कार्यलय बझाङमा समेत खोजी गरिदिन माग गर्दै निवेदन दिएको परिवार स्रोतले जनाएको छ
बेपत्ता महिलाका दुई छोरा र दुई छोरी रहेका छन् । यदि कसैले उनलाई कतै भेटे वा देखेमा नजिकैको प्रहरी अथवा 9843332785 र 9822110636 मा सम्पर्क गरिदिन समेत आफन्तको आग्रह छ ।