Advertisement

बझाङमा पनि मनाइयो २० औं निजामती सेवा दिवस

Advertisement

बझाङ : बझाङमा पनि २० औं निजामती सेवा दिवस मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी आज निजामती सेवा दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय बझाङको आयोजनामा प्रभातफेरीका साथै विभिन्न औपचारिक कार्यक्रम गरेर २० औं निजामती सेवा दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

दिवसको अवसरमा आज जिल्ला प्रशासन कार्यालयबाट चैनपुर बजारमा प्रभातफेरी कार्यक्रम, महिला कर्मचारीहरुको हन्डिफोर र जिल्लाब्यापी अन्तर कर्मचारी ब्याटमिन्टन प्रतियोगिता गरिएको छ । दिबसको अबसरमा कर्मचारी मिलन केन्द्र बझाङले सञ्चालन गरेको डबल ब्याटमिन्टन प्रतियोगिताबाट बिजेता टिमलाई पुरस्कार हस्तान्तरण सहित सम्मान गरिएकोे छ । ब्याटमिन्टन प्रतियोगितामा बिजेता टिमलाई प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेद्वारा नगद पुरस्कार सहित प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

ब्याटमिन्टन प्रतियोगिताको उपाधी खानेपानी कार्यालयका सहायक इन्जिनियर हिक्मत सिह र पानकोट ब्यारेकका क्याप्टेन अनुप हमालले हात पार्नुभएको छ । त्यसैगरी द्धितृय हुनेमा जिल्ला स्वास्थय कार्यालयका नारायण जोशी र लक्ष्मण नाथ भएको आयोजक कमिटीले जनाएको छ। भाद्र १९ गते बाट संचालन भएको अन्तर कर्मचारी पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा १८ टिमले सहभागिता जनाएको थिए । बिजेता टिमलाई निजामती सेवा दिबसको अबसरमा प्रथम पुरस्कार नगद रु ८ हजार सहित सम्मान गरेको छ भने दृतिय स्थान हासिल गर्ने टिमलाई नगद रु ६ हजार पुरस्कारको ब्यबस्था गरेको कर्मचारी मिलन केन्द्रका सदस्य बिजय कुमार रजतले जानकारी दिनु भएको छ ।

आज जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यलयले पहिलो सेवाग्राहिलाई सम्मान कार्यक्रम गरेको छ । यस्तै कर्मचारी मिलन केन्द्र बझाङको सयोगमा जिल्लास्थित जनजाती कल्याण आश्रम आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरु लाई खाद्य सामाग्रि हस्तान्तरण थियो ।

कार्यक्रममा जिल्ला स्थित कार्यालयहरुका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तय...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्...
केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गा...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वा...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज