Advertisement

बझाङमा पनि मनाइयो २० औं निजामती सेवा दिवस

Advertisement

बझाङ : बझाङमा पनि २० औं निजामती सेवा दिवस मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी आज निजामती सेवा दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय बझाङको आयोजनामा प्रभातफेरीका साथै विभिन्न औपचारिक कार्यक्रम गरेर २० औं निजामती सेवा दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

दिवसको अवसरमा आज जिल्ला प्रशासन कार्यालयबाट चैनपुर बजारमा प्रभातफेरी कार्यक्रम, महिला कर्मचारीहरुको हन्डिफोर र जिल्लाब्यापी अन्तर कर्मचारी ब्याटमिन्टन प्रतियोगिता गरिएको छ । दिबसको अबसरमा कर्मचारी मिलन केन्द्र बझाङले सञ्चालन गरेको डबल ब्याटमिन्टन प्रतियोगिताबाट बिजेता टिमलाई पुरस्कार हस्तान्तरण सहित सम्मान गरिएकोे छ । ब्याटमिन्टन प्रतियोगितामा बिजेता टिमलाई प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेद्वारा नगद पुरस्कार सहित प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

ब्याटमिन्टन प्रतियोगिताको उपाधी खानेपानी कार्यालयका सहायक इन्जिनियर हिक्मत सिह र पानकोट ब्यारेकका क्याप्टेन अनुप हमालले हात पार्नुभएको छ । त्यसैगरी द्धितृय हुनेमा जिल्ला स्वास्थय कार्यालयका नारायण जोशी र लक्ष्मण नाथ भएको आयोजक कमिटीले जनाएको छ। भाद्र १९ गते बाट संचालन भएको अन्तर कर्मचारी पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा १८ टिमले सहभागिता जनाएको थिए । बिजेता टिमलाई निजामती सेवा दिबसको अबसरमा प्रथम पुरस्कार नगद रु ८ हजार सहित सम्मान गरेको छ भने दृतिय स्थान हासिल गर्ने टिमलाई नगद रु ६ हजार पुरस्कारको ब्यबस्था गरेको कर्मचारी मिलन केन्द्रका सदस्य बिजय कुमार रजतले जानकारी दिनु भएको छ ।

आज जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यलयले पहिलो सेवाग्राहिलाई सम्मान कार्यक्रम गरेको छ । यस्तै कर्मचारी मिलन केन्द्र बझाङको सयोगमा जिल्लास्थित जनजाती कल्याण आश्रम आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरु लाई खाद्य सामाग्रि हस्तान्तरण थियो ।

कार्यक्रममा जिल्ला स्थित कार्यालयहरुका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज