प्रधानमन्त्री कपमा एपीएफको विजयी सुरुवात
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । एपीएफले बागमती प्रदेशमाथि ८९ रनको फराकिलो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले सन्दीप जोराको शतक मद्दतमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।
पाँचौं नम्बरमा ब्याटिङमा आएको जोराले एक छेउबाट इनिङ सम्हाल्दै ११७ बलमा ११२ रन बनाए । त्यस क्रममा ५ छक्का र ७ चौका हाने ।
उनले छैटौं विकेटका लागि लोकेश बमसँग ६६ रनको र आठौं विकेटका लागि अमर रौतैलासँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । बम २७ र रौतेला २२ रनमा आउट भए ।
बलिङतर्फ बागमतीका लागि सूर्य तामाङले सार्वधिक ३ विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले २/२ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए ।
जितका लागि २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रन बनाउँदै अलआउट भयो ।
बागमती...

