Advertisement

प्रधानमन्त्री कपमा एपीएफको विजयी सुरुवात

Advertisement

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । एपीएफले बागमती प्रदेशमाथि ८९ रनको फराकिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले सन्दीप जोराको शतक मद्दतमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।

पाँचौं नम्बरमा ब्याटिङमा आएको जोराले एक छेउबाट इनिङ सम्हाल्दै ११७ बलमा ११२ रन बनाए । त्यस क्रममा ५ छक्का र ७ चौका हाने ।

उनले छैटौं विकेटका लागि लोकेश बमसँग ६६ रनको र आठौं विकेटका लागि अमर रौतैलासँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । बम २७ र रौतेला २२ रनमा आउट भए ।

बलिङतर्फ बागमतीका लागि सूर्य तामाङले सार्वधिक ३ विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले २/२ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए ।

जितका लागि २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रन बनाउँदै अलआउट भयो ।

बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । उनले ८९ बलमा ८ चौका प्रहार गरे । ओपनर इशान पाण्डे खाता नै नखोली आउट भए पनि अशुतोष घिरैयाले ५७ बलमा ५ चौकासहित ४१ रन बनाए । उनले रितसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए ।

एक समयमा बागमती २ विकेटको क्षतिमा ११५ रनको स्थितिमा थियो । तर २९।३ ओभरमा टिमको स्कोर ११५ रन हुँदा विवेक मगर तेस्रो विकेटका रुपमा व्यक्तिगत १५ रनमा आउट भएपछि बागमतीको विकेट पतनको शृंखला सुरु भयो ।

रित गौतम चौथो विकेटका रुपमा टिमको स्कोर १२० रन हुँदा आउट भए । त्यसपछि ब्याटिङमा आएका रबिन जोशी २० रनमा नट आउट रहे पनि अन्य कुनै पनि ब्याटरले दोहोर अंकमा रन जोड्न सकेनन् ।

एपीपएफलाई जिताउन कप्तान रोहितकुमार पौडेल एक्लैले ४ विकेट लिए । लागि मौसम ढकाल र अभिनास बोहोराले २/२ विकेट लिए । पुरन विक र भुवन कार्कीले समान १/१ विकेट लिए ।

पहिलो खेलमा नेपाल पुलिससँग ६८ रनले पराजित भएको बागमतीको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्युु भएको छ ।जिल्लाको बुंगल नगरपालिका-२ मलेराकी १७ वर्षीया डम्मरा धामी भीरबाट लडेर मृत्यु ...
बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङ- बझाङमा रातिकाे समयमा सवारी साधन आवागमन बन्द  गरिएकाे छ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशास...
कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

धनगढी- कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलका त...
डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटी- डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ। दिपायल सिलगढी नगरपालिका-६, ...
बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

काठमाडौँ- बाढी, पहिरो तथा सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति अत्यावश्यक बाहेकका स...
गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

धनगढी- नेपाली-भारतीय सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। आइतबार बिहान गौरीफन्टास्थित क्...
दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज