धनगढी – कैलालीको गोदावरी नगरपालिकामा दुई दिन स्थानीय विदा दिइएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको उपलक्ष्यमा २ दिन २ र ३ गते विदा दिने निर्णय गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर कार्यपालिकाको पुष २३ गतेको १०६ औं कार्यपालिका बैठकले २ दिन विदा दिने निर्णय गरेको उल्लेख छ ।
सूचनामा गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिईएको उल्लेख छ । माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले नै विदा दिएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३