काठमाण्डाैं – पाकिस्तानकाे दाेस्राे टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएकाे छ । आज भएकाे खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायाे ।
न्युजिल्यान्डले दिएकाे १ सय ९५ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान १९ ओभर ३ बलमा १ सय ७३ रनमा अल आउट भयाे ।
पाकिस्तानका बाबर आजमले सर्वाधिक ६६ रन बनाए । यस्तै फकर जमानले ५० रन जाेडे । न्युजिल्यान्डका एडम मिल्नेले ४ विकेट लिए ।
यसअघि हेमिल्टनमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रन बनायाे । न्युजिल्यान्डका फिन एलेनले ७४ रन बनाए । पाकिस्तानका हरिस राैफले ३ विकेट लिए ।
याे जितसँगै न्युजिल्यान्डले ५ खेलकाे शृङ्खलामा २–० काे अग्रता लिएकाे छ । पहिलाे खेलमा न्युजिल्यान्ड ४६ रनले विजयी भएकाे थियाे । तेस्राे खेल आउँदाे बुधवार हुनेछ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३