काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सन्दीप जोराको शतकीय पारीमा एपीएफले बागमतीलाई २४२ रनको लक्ष्य दिएको छ ।
एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ११२ को शतकीय पारी खेले ।
उनले ११७ बलमा ७ चौका ५ छक्का प्रहार गर्दै अन्तिम ओभरमा रन आउट हुन पुगे । ४१ रनमा पाँच विकेट गुमाएको एपीएफको धरमर ब्याटिङलाई सन्दीप जोराले सम्हालेका हुन् ।
उनले लोकेश बमसँग ६६ रनको साझेदारी गरे । अमर रौतेलासँग ६८ रनको साझेदारी गरे । ओपनर प्रज्वल शाही १० र आसिफ शेख १५ रनमा आउट भए । लोकेश बम २७, भुवन काकीए १०, अमर रौतेलाले २२ रन बनाए ।
अभिनाश बोहोरा १८ रन र श्याम-मौसम) ढकाल एक रनमा अविजित रहे । बागमतीका लागि सूर्य तामाङले सार्वधिक तीन विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले दुइै/दुई विकेट लिए । सोनु देवकोटाले एक विकेट लिए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३