
धनगढी – धनगढीका सडक बत्ती फेर्न थालिएको छ । धनगढीको ६
लेन सडकको ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस चोकदेखि मोतिचोकसम्मका स्मार्ट स्ट्रिटलाइट फेरिन लागेका हुन् ।
यो क्षेत्रमा सम्झौताअनुसारका गुणस्तरीय स्ट्रिटलाइट जडान नगरेकाले अहिले बदल्न थालिएको हो ।
स्ट्रिटलाइट जडानको ठेक्का पाएको श्री ड्राइभ इलेक्ट्रोनिक्स प्रालिले सुरूमा सम्झौता बमोजिमको स्ट्रिटलाइट जडान नगरेको पाइएपछि उपमहानगरपालिकाले भुक्तानी रोकेको थियो ।
कम्पनीले सम्झौताअनुसारका गुणस्तरीय स्ट्रीटलाइट जडान गर्न थालेको उपमहानगरले जनाएको छ । कम्पनीले ट्राफिक चौरहादेखि भन्सारसम्म र हुलाकी सडकका स्ट्रिटलाइट बदल्ने उपमहानगरपालिकाले जनाएको छ ।

