
धनगढी – कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको भजनी नगरपालिका–९ पहलमान झोलुङ्गे पुलस्थित सडकबाट ५ ग्राम ६ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ सुखडका २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपलिका–४ का २७ वर्षीय अभिसेख चौधरी लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.४ प ३४४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।